Technology Khabar ३ आश्विन २०८२, शुक्रबार
काठमाडौं ।
टेस्ला साइबरट्रकले इन्स्टिच्युट फर हाइवे सेफ्टी (आईआईएचएस) द्वारा संचालित कडा क्र्यास टेस्ट (परीक्षणहरू) पास गरेको छ। उक्त क्र्यास टेस्टले टेस्ला साइबरट्रक यात्रुहरूको लागि उच्च स्तरको सुरक्षा प्रदान गर्ने पुष्टि गरेको छ।
समस्याग्रस्त हेडलाइटहरू र केही सिटबेल्ट समस्याहरूले साइबरट्रकलाई प्रतिष्ठित ‘टप सेफ्टि पिक’ रेटिङ्ग प्राप्त गर्नबाट रोकेको टेलीग्राफले रिपोर्ट गरेको छ।
साथै अपडेट गरिएको फ्रन्टल क्र्यास टेस्ट (परीक्षण) मा साइबरट्रकले “राम्रो” रेटिङ्ग (मूल्याङ्कन) प्राप्त गरेको छ।
परीक्षणको क्रममा चालकको सिटमा राखिएको डमीले टाउको, छाती र खुट्टामा चोटपटकको न्यूनतम जोखिमको सामना गरेको थियो भने पछाडिको सिटमा बसेका यात्रुले छातीमा चोटपटकको जोखिम देखाएको छ।
त्यसैगरी साइबरट्रकले टक्करबाट बच्ने प्रणालीको परीक्षणहरूमा पनि धेरै राम्रो प्रदर्शन गरेको छ।
टेस्लाले दिन र रात दुवै समयका सबै आपतकालीन परिदृश्यहरूका साथै गाडी नजिकैबाट चल्ने जस्ता अवरोध भएको अवस्थाहरू पार गरेको छ।
यद्यपि, साइबरट्रकको मुख्य कमजोरी भने प्रकाश प्रणाली भएको उल्लेख गरिएको छ। साइबरट्रकको हेडलाइटहरूले अत्यधिक ग्लेर (चमक) सिर्जना गरेको आईआईएचएसले बताएको छ।
साथै सडकको दायाँ छेउ धेरै राम्रोसँग उज्यालो देखाएको र यसको परिणामस्वरूप असमान प्रकाश हुने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ आश्विन २०८२, शुक्रबार