मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायतका कार्डबाट समेत सिधै राजस्व भुक्तानी गर्न सकिने

Technology Khabar २ आश्विन २०८२, बिहीबार

मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायतका कार्डबाट समेत सिधै राजस्व भुक्तानी गर्न सकिने

काठमाडौं ।

अब अन्तर्राष्ट्रिय कार्ड नेटवर्कबाट समेत सरकारी राजस्व भुक्तानी गर्न सकिने भएको छ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्य सचिव एकनारायण अर्यालले राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (International Card Network) अन्तर आबद्धताको शुभारम्भ गरेको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

महालेखा नियन्त्रकले राजस्व व्यवस्थापन सूचना प्रणालीमा International Card Network को अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस बनाउनुका साथै चौविसै घण्टा सातै दिन सेवा प्रवाह सुनिश्चित हुनुका साथै राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने दाबी गरेको छ।

यसले डिजिटल इकोनोमीको प्रबर्द्धनमा टेवा पुग्ने अपेक्षा नेपाल सरकारले लिएको छ।

यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अलिपे लगायतका अन्तराष्ट्रिय कार्ड नेटवर्कमा आबद्ध कार्डहरू मार्फत नेपाल सरकार अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ। यसले त्रिभुवन विमानस्थल लगायतबाट प्रवेश गर्ने पर्यटकहरूले सहजरुपमा यो सेवा लिन सुरु भएको बताइएको छ।

यो सेवा हाललाई अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन सम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएता पनि आगामी दिनमा नेपाल सरकारका अन्य निकायहरूमा पनि विस्तार हुँदै जाने प्रवक्ता दिपक लामिछानेले जानकारी दिए।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया