टोयोटाको सबैभन्दा महँगो गाडीको मूल्य खुलासा, सेन्चुरी लक्जरी एसयूभी भन्दा महँगो

  • Technology Khabar | २ आश्विन २०८२, बिहीबार
टोयोटाको सबैभन्दा महँगो गाडीको मूल्य खुलासा, सेन्चुरी लक्जरी एसयूभी भन्दा महँगो

काठमाडौं ।

टोयोटाले जापानमा ई–प्यालेट लञ्च गरेको छ। हालै लञ्च गरिएको यस विद्युतीय मिनिभ्यान (पूर्ण रूपमा विद्युतीय) को मूल्य २९ मिलियन येन (लगभग १६७,००० युरो) रहेको छ। साथै यो विद्युतीय मिनिभ्यान कम्पनीको सबैभन्दा महँगो गाडी भएको बताइएको छ र यसको मूल्य लक्जरी सेन्चुरी एसयूभी भन्दा पनि बढी महँगो भएको उल्लेख गरिएको छ।

टोयोटा ई–प्यालेट विभिन्न मोबाइल सेवाहरूको लागि सवारी साधनको रूपमा डिजाइन गरिएको बताइएको छ भने यो बस, मोबाइल पसल, रेस्टुरेन्ट अन ह्विल्स वा जिममा सेवाहरूको लागि प्रयोग गर्न सकिने छ।

यो विद्युतीय मिनिभ्यान लगभग पाँच मिटर लामो, २.६ मिटर अग्लो र चालक सहित १७ जना यात्रुहरू अटाउन सक्ने रिपोर्ट गरिएको छ।

टोयोटा ई–प्यालेटमा २०१ हर्सपावरको विद्युतीय मोटरद्वारा समावेश गरिएको छ र ७२.८ किलोवाट प्रति घण्टाको ब्याट्रीले २५० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार