नयाँ आईफोन १७ सिरिजलाई पुरानो यूएसबी चार्जरले छिटो चार्ज गर्न नसक्ने

Technology Khabar २ आश्विन २०८२, बिहीबार

नयाँ आईफोन १७ सिरिजलाई पुरानो यूएसबी चार्जरले छिटो चार्ज गर्न नसक्ने

काठमाडौं ।

एप्पलका नयाँ आईफोन मोडेलहरूले फास्ट (छिटो) चार्जिङलाई समर्थन गर्दछन्। आईफोन १७, १७ प्रो र १७ प्रो म्याक्स केवल २० मिनेटमा ५० प्रतिशत सम्मको चार्जिङ अवस्थामा पुग्न सक्छन् भने पातलो आईफोन एयरलाई ५० प्रतिशत सम्म पुग्नको लागि ३० मिनेट समय लाग्ने गर्दछ। यो चार्जिङ गतिलाई अचम्मको रुपमा नभइ बरु यसले निराश पार्न सक्ने उल्लेख गरिएको छ र सम्भव भएसम्म एप्पलले आफ्नो तरिकाले यसमा कार्य गरेको रिपोर्ट गरिएको छ।

२० मिनेटको समय एप्पलको नयाँ ४०वाट डायनामिक पावर एडाप्टर प्रयोग गरेर ६०वाट म्याक्सको साथ प्राप्त गरिने आधिकारिक स्पेकसले उल्लेख गरेको छ। यो ४०वाटको चार्जरले सीमित समयको लागि ६०वाट डेलिभर गर्न सक्ने (प्रारम्भिक परीक्षणहरू अनुसार १५ मिनेट भन्दा बढी) खुलासा गरिएको छ।

यो चार्जरले पुरानो प्रोग्रामेबल पावर सप्लाई (पीपीएस) को सट्टा नयाँ एडजस्टेबल भोल्टेज सप्लाई (एभीएस) प्रोटोकल प्रयोग गर्दछ। एभीएसले डिभाइस (यस अवस्थामा आईफोन) लाई ०.१भी (भोल्ट) स्टेप्स (चरण) मा १५भी (भोल्ट) देखि ४८भी (भोल्ट) सम्मको निश्चित भोल्टेज अनुरोध गर्न अनुमति दिने जनाइएको छ। साथै यो हाई–पावर डिभाइस (उच्च–शक्ति उपकरणहरू) को लागि उत्कृष्ट हुने बताइएको छ भने राम्रो अवस्थाको पुरानो पीपीएसले पनि सजिलै ४०वाट र ६०वाट लाई ह्यान्डल गर्न सक्ने रिपोर्ट गरिएको छ।

साथै घरमा भएको कुनै पनि यूएसबी चार्जरले एभीएसलाई समर्थन नगर्ने भएता पनि यसले पीपीएसलाई भने समर्थन गर्न सक्ने उल्लेख गरिएको छ। यद्यपि, एप्पलको नयाँ एडाप्टरको मामलामा त्यस्तो नहुने उल्लेख गरिएको छ।

रेडिट प्रयोगकर्ता प्राइभेटरबोकले ६०वाट म्याक्स भएको नयाँ ४०वाट डायनामिक पावर एडाप्टरको प्रत्यक्ष परीक्षण गरेको र पीपीएस समर्थित नभएको पुष्टि गर्दै केवल मानक यूएसबी पावर डेलिभरी ३.० रहेको खुलासा गरेका छन्। यसले गर्दा पीपीएस–सक्षम ग्याजेटको लागि एप्पलको नयाँ ३९ अमेरिकी डलर मूल्य पर्ने चार्जर कम उपयोगी भएको थप उल्लेख गरिएको छ।

त्यसैगरी यसको विपरीत आईफोन १७ मोडेलहरू ४०वाट (वा ६०वाट) यूएसबी पीपीएस एडाप्टर प्रयोग गरेर २० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सक्छन् भन्ने प्रश्न बढी महत्त्वपूर्ण भएको उल्लेख गरिएको छ। साथै यदि यस एडाप्टरले चार्ज गर्न सक्छ भने यसले के एभीएस–सक्षम चार्जर जत्तिकै कुशलतापूर्वक चार्ज गर्न सक्छ भन्ने अर्को प्रश्न पनि खडा हुने र त्यसको लागि परीक्षण गर्नुपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २ आश्विन २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार