जेनजी प्रदर्शनका कारण स्नातक तह दोस्रो वर्षको परीक्षा फाराम भर्ने म्याद थपियो, कार्तिक २० गतेसम्ममा बुझाउन सकिने

Technology Khabar १ आश्विन २०८२, बुधबार

जेनजी प्रदर्शनका कारण स्नातक तह दोस्रो वर्षको परीक्षा फाराम भर्ने म्याद थपियो, कार्तिक २० गतेसम्ममा बुझाउन सकिने

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने समयावधि थप गरेको छ। कार्यालयले एक सूचना प्रकाशित गरी यसअघि तोकिएको समयसीमा थप गरिएको जानकारी दिएको हो।

‘देशमा भएको विषम परिस्थितिका कारण सो परीक्षा आवेदन फाराम भर्ने समयावधि थप गरी मिति २०८२ साल कार्तिक २० गतेसम्म नियमित दस्तुर र २०८२ साल कार्तिक २१ गतेदेखि एकहप्ता भित्र दोब्बर दस्तुर सहित अनलाइन आवेदन फाराम भरी सम्बन्धित क्याम्पस मार्फत बुझाउन हुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ‘, सूचनामा भनिएको छ।

यसअघि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८२ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे स्नातक तह दोस्रो वर्ष बि.ए., बि.बि.एस., बि. एड. र बि. एस्सी. तर्फका परीक्षा दिने नियमित परीक्षार्थीहरुले आ-आफ्नो क्याम्पसमा मिति २०८२ साल भाद्र ५ गतेदेखि २०८२ साल भाद्र मसान्तसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ता भित्र दोव्वर दस्तुर सहित आवेदन फाराम भरी बुझाउन हुन सूचना प्रकाशित गरिएको थियो।

फाराम भर्दा निम्न कुरामा ध्यान पुर्याउनु पर्छ:

क) परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीले अनलाइन मार्फत भरी सबै प्रक्रिया पुयाई सम्वन्धित क्याम्पसमा बुझाउनु पर्नेछ। यसमा अन्यथा हुन गएमा त्रि. वि.प.नि.का. जवाफदेही हुने छैन।

ख) परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको (साधारण पोशाकमा ) पासपोर्ट साईजको २ प्रति फोटो आवश्यक पर्नेछ।

ग) परीक्षा सञ्चालन अवधिसम्म प्रवेशपत्रको प्रतिलिपि लिन परेमा परीक्षा आवेदन फाराम प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ।

प्रकाशित: १ आश्विन २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार