शाओमी १७ प्रो म्याक्समा रियर डिस्प्ले हुने

Technology Khabar १ आश्विन २०८२, बुधबार

काठमाडौं ।

शाओमीले यस महिनाको अन्त्यमा चीनमा १७, १७ प्रो र १७ प्रो म्याक्स लन्च गर्ने भर्खरै पुष्टि गरेको छ। नामकरण योजनाको सन्दर्भमा शाओमीले एप्पलसँगको लय मिलाउन आफ्नो नम्बर १६ छोड्न लागेको उल्लेख गरिएको छ।

यसै क्रममा अब १७ प्रो म्याक्सको पछाडिको भाग देखाउने तस्बिर शाओमी आफैंले लीक गरेको छ। साथै तस्बिरमा देखिए अनुसार डिभाइसको पछाडिको भागमा रियर स्क्रिन हुने अफवाह पनि गरिएको छ। डिभाइसको डिजाइन भने एक हप्ता अघिको लीकमा देखा परे जस्तै भएको रिपोर्ट गरिएको छ।

हालको यो तस्बिर हटाइनु अघि शाओमीको आधिकारिक वेइबो खाताले छोटो समयको लागि प्रयोग गरेको बताइएको छ। साथै यो तस्बिर गल्तीले लीक भएको हुन सक्ने वा यो शाओमीको आगामी फ्ल्यागशिप डिभाइसहरूको लागि टिजर अभियानको अंश हुन सक्ने अुमान गरिएको छ।

शाओमीको आगामी तीनओटै डिभाइसमा स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी प्रयोग हुने अपेक्षा गरिएको छ। साथै पछिल्ला केही हप्ताहरूका केही अनुमानहरू पछि क्वालकमले एसओसीको नाम पनि भर्खरै पुष्टि गरेको जनाइएको छ।

शाओमी १७ र १७ प्रो एउटै आकारको हुने अपेक्षा गरिएको (प्रोमा राम्रो क्यामरा र सायद राम्रो स्क्रिन हुने) छ भने प्रो म्याक्स ठूलो प्रो–एप्पल शैलीको हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १ आश्विन २०८२, बुधबार

तपाइको प्रतिक्रिया