Technology Khabar ३१ भाद्र २०८२, मंगलवार
काठमाडौं ।
मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ। असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्नेछन्।
मोबाइलमाण्डुले यस मेलामा ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म उपलब्ध गराउने जनाएको छ। यसअन्तर्गत नयाँ उत्पादनहरूको विशेष लन्च पनि हुनेछ।
ब्ल्याक शार्कको नयाँ गेमिङ इयरबड ‘Rokas’ पहिलो तीन ग्राहकले मात्र ९९ रुपैयाँमै पाउनेछन् भने ‘Chuwi Hi10X Pro’ ट्याबलेट पहिलो ग्राहकले ९९९ रुपैयाँमै पाउने अवसर पाउने बताईएको छ।
कम्पनीले असोज १० सम्म ‘दशैं गिभअवे’ कार्यक्रममार्फत तीन विजेतालाई करिब २० हजार रुपैयाँ बराबरका उत्पादनहरू उपहारस्वरूप दिनेछ। साथै, २५०० रुपैयाँभन्दा माथिको खरिदमा नि:शुल्क डेलिभरीको सुविधा, मोबाईल र एप्लायन्समा सजिलो ईएमआई सुविधा र वेबसाइटमार्फत खरिदमा विशेष उपहार उपलब्ध गराइने जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: ३१ भाद्र २०८२, मंगलवार