जेनजी आन्दोलनका क्रममा लुटिएका सवारी साधन, कम्प्युटरलगायतका सामग्री फिर्ता गर्न शहरी विकास विभागको आग्रह

  • Technology Khabar | ३० भाद्र २०८२, सोमबार
जेनजी आन्दोलनका क्रममा लुटिएका सवारी साधन, कम्प्युटरलगायतका सामग्री फिर्ता गर्न शहरी विकास विभागको आग्रह

काठमाडौं ।

जेन जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा क्षति पुगेपछि विभागले लुटिएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ।

विभागले आज एक सूचना प्रकाशित गर्दै गत भदौ २४ गतेको घटनामा विभाग र यसअन्तर्गतका आयोजना तथा कार्यलयमा रहेका सवारी साधन, कम्प्युटर, प्रिन्टर, स्क्यानर, टेलिभिजन, कुर्सी लगायतका सामग्री र कर्मचारीहरूको निजी सवारी साधनसमेत लुटपाटमा परेको जानकारीका साथमा यस्ता सामग्री भेटिएको वा कसैकोमा भएको खण्डमा तत्काल फिर्ता गर्न वा जानकारी गराउन अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, “सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउनु दण्डनीय अपराध हो। त्यसैले घटनामा संलग्न वा जानकारी भएकाले राज्यको सुरक्षासम्बन्धी निकायलाई जानकारी दिनु पर्नेछ।”

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार