जेनजी आन्दोलनको क्रममा गैरआवासीय नेपाली संघको भवन आंशिक क्षतिग्रस्त, सचिवालयको काम ‘वर्क फ्रम होम’

Technology Khabar ३० भाद्र २०८२, सोमबार

जेनजी आन्दोलनको क्रममा गैरआवासीय नेपाली संघको भवन आंशिक क्षतिग्रस्त, सचिवालयको काम ‘वर्क फ्रम होम’

काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा बालुवाटारस्थित गैरआवासीय नेपाली संघको मुख्य सचिवालय रहेको भवन आंशिक रूपमा क्षतिग्रस्त भएको संघले जानकारी दिएको छ।

गैरआवासीय नेपालीहरुको संस्थाले यसको पुनर्निर्माण सम्पन्न नभएसम्म भदौ ३० गतेदेखि (१५ सेप्टेम्बर २०२५) अर्को सूचना जारी नभएसम्मका लागि संघको सचिवालय अस्थायी रूपमा बन्द रहने उल्लेख गरेको छ।

यद्यपि, सचिवालयका सम्पूर्ण कार्यहरू घरबाट (Work From Home) सम्पादन गर्ने व्यवस्था गरिएको छ।

यस व्यवस्थाबाट अत्यावश्यक सेवा प्रवाहमा कुनै असर नपर्ने संस्थाले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार