स्पोटिफाईले लसलेस स्ट्रिमिङ प्रस्तुत गर्यो; निःशुल्क भए पनि सबैका लागि उपलब्ध नहुने

Technology Khabar ३० भाद्र २०८२, सोमबार

स्पोटिफाईले लसलेस स्ट्रिमिङ प्रस्तुत गर्यो; निःशुल्क भए पनि सबैका लागि उपलब्ध नहुने

काठमाडौं ।

प्रारम्भिक घोषणाको चार वर्षभन्दा बढी समय पछि, स्पोटिफाईले अन्ततः आफ्ना प्रिमियम प्रयोगकर्ताहरूका लागि लसलेस अडियो स्ट्रिमिङ प्रस्तुत गर्ने भएको छ।

स्पोटिफाईले केही क्षेत्रहरूमा लसलेस अडियो प्रस्तुत गर्न थालेको र यो निःशुल्क भएको भनि शुक्रबार घोषणा गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

पूर्ण गुणस्तरमा लसलेस गीतहरू सुन्नको लागि, स्पोटिफाई कनेक्ट वा केबल (एनालग वा यूएसबी) मार्फत जडान हुने हेडफोनहरू प्रयोग गर्नुपर्ने टेलिग्राफले थप रिपोर्ट गरेको छ।

स्पोटिफाई कनेक्ट भएका “धेरै डिभाइसहरू” ले पहिले नै लसलेस अडियो समर्थन गर्दछ जसमा सोनी, सामसङ, बोस र सेन्हाइजर जस्ता ब्रान्डहरू समावेश छन् भने सोनोस र अमेजनका अन्य डिभाइसहरूले “अर्को महिना” समर्थन प्राप्त गर्नेछन्। साथै ब्लुटुथ स्पष्ट रूपमा समर्थित नहुने थप उल्लेख गरिएको छ।

“सबैभन्दा सजिलो र उत्तम लिसनिङ एक्सपिरियन्स (सुन्ने अनुभव) को लागि, स्पोटिफाई कनेक्ट जस्ता नन्–ब्लुटुथ कनेक्सनमा हेडफोन केबल वा स्पिकरहरू प्रयोग गरेर वाई–फाई मार्फत लसलेस म्यूजिक (संगीत) स्ट्रिम गर्न सिफारिस गरिएको छ। हाल, ब्लुटुथले लसलेस अडियो स्ट्रिम गर्न पर्याप्त ब्यान्डविथ प्रदान नगर्ने भएकोले सिग्नल पठाउनु अघि कम्प्रेस गर्नुपर्दछ” भनि स्पोटिफाईले बताएको छ।

लसलेस सक्षम भएपछि, म्यूजिक (संगीत) २४–बिट/४४.१ किलोहर्ज एफएलएसी ढाँचामा स्ट्रिम हुने बताइएको छ जुन हालको गुणस्तर सेटिङहरू भन्दा ठूलो सुधार हो। तर यसले अन्य लसलेस स्ट्रिमिङ प्रदायकहरूले प्रस्ताव गरेकोसँग मेल नखाने थप उल्लेख गरिएको छ।

उदाहरणका लागि, टाइडलले यसको हाईरेस स्ट्रिमिङमा २४–बिट/१९२ किलोहर्ज एफएलएसी लाई समर्थन गर्दछ।

स्पोटिफाईले पहिलो पटक सन् २०२१ मा यो सुधारिएको अडियो गुणस्तरको लागि समर्थन घोषणा गरेका थियो र यो सुविधालाई “हाईफाई” भनिने गरिएको थियो।

सेवाको अतिरिक्त टियर कथित रूपमा वर्षौंदेखि काममा रहेको बताइएको भए तापनि लागतको कारणले कहिल्यै लन्च नभएको उल्लेख गरिएको छ। यसको लागत प्रति महिना ४५ हुने संकेतहरू देखा परेको बताइएको छ र अन्तिम उत्पादन भने आश्चर्यजनक रूपमा स्पोटिफाई प्रिमियम ग्राहकहरूको लागि कुनै अतिरिक्त लागत बिना आउने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार