ईसिम समर्थनको समस्याहरूको कारणले चीनमा आईफोन एयरको लन्चमा ढिलाइ

  • Technology Khabar | ३० भाद्र २०८२, सोमबार
ईसिम समर्थनको समस्याहरूको कारणले चीनमा आईफोन एयरको लन्चमा ढिलाइ

काठमाडौं ।

आईफोन एयर अब ६० भन्दा बढी देशहरूमा प्रि–अर्डरको लागि उपलब्ध छ। यद्यपि, एप्पलले चीनमा पहिले नै प्रि–अर्डरहरू सुरु हुनेछन् भनि घोषणा गरेको भएता पनि त्यहाँका ग्राहकहरूले डिभाइसको लागि थप समय पर्खनु पर्ने रिपोर्ट गरिएको छ।

द साउथ चाइना मर्निङ पोस्टका अनुसार, आईफोन एयर ईसिम मात्र भएको कारणले एप्पलले चीनमा नियामक अवरोधहरूको सामना गरिरहेको छ। कम्पनीले समस्याहरू समाधान गर्न चीनका अधिकारीहरूसँग काम गरिरहेको प्रकाशनले थप रिपोर्ट गरेको छ।

एप्पलले तीनै प्रमुख चिनियाँ क्यारियरहरू अब नियामक स्वीकृति बाँकी रहेको आईफोन एयरमा ईसिम समर्थन गर्न तयार छन् भनि कथित रूपमा पुष्टि गरेको छ। यद्यपि, कम्पनीले अहिलेसम्म रिलीज समयरेखाको बारेमा भने कुनै पनि जानकारी प्रदान गरेको छैन।

हाल, चीनको एप्पल स्टोर वेबसाइटमा आईफोन एयरको प्रि–अर्डर पेजमा ‘रिलीज जानकारी पछि अद्यावधिक गरिनेछ’ भनि लेखिएको रिपोर्ट गरिएको छ।

आईफोन एयर विश्वव्यापी रूपमा ईसिम–वन्लि (मात्र) भेरियन्टमा उपलब्ध छ र यसले गर्दा एप्पलले डिभाइस भित्र ठूलो ब्याट्री समावेश गर्न सफल भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार