प्रधानमन्त्रीको आधिकारीक एक्स अकाउन्टबाट हटाइयो केपी ओलीको तस्विर, राखियो सरकारी लोगो

Technology Khabar २९ भाद्र २०८२, आईतवार

प्रधानमन्त्रीको आधिकारीक एक्स अकाउन्टबाट हटाइयो केपी ओलीको तस्विर, राखियो सरकारी लोगो

काठमाडौं ।

प्रधानमन्त्रीले प्रयोग गर्दै आएका आधिकारिक सामाजिक सञ्जाल एक्स अकाउन्टको तस्विर परिवर्तन गरिएको छ।

शनिबार अबेरसम्म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नै फोटो राखिएकोमा सामाजिक सञ्जालहरुमा आक्रोश व्यक्त हुँदै आएको थियो।

शुक्रबारनै नयाँ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त भएसँगै पुरानो फोटो हटाउन चर्को दबाब सामाजिक सञ्जालहरुमार्फत दिईएको देखिन्छ।

अहिले भने उक्त एक्स अकाउन्टको तस्विर परिवर्तन गरेर नेपाल सरकारको लोगो राखिएको छ।

उक्त एक्स एकाउन्ट यसअघि प्रधानमन्त्रीको सचिवालयले चलाउँदै आएको थियो।

यसैगरी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटले शुक्रबारदेखिनै उनको फोटो र जानकारी सही रूपमा देखाउन थालेको छ।

प्रकाशित: २९ भाद्र २०८२, आईतवार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार