जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

Technology Khabar २८ भाद्र २०८२, शनिबार

जनजीवन सामान्य : हट्यो कर्फ्यु र निषेधाज्ञा

काठमाडौं ।

नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ ।

सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ। शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समय सीमा भित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ। रासस

प्रकाशित: २८ भाद्र २०८२, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार