प्रधानमन्त्री सुशीला कार्कीले गरिन शपथ ग्रहण, सम्पूर्ण मन्त्रालयको जिम्मासमेत प्रधानमन्त्रीलाई

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

प्रधानमन्त्री सुशीला कार्कीले गरिन शपथ ग्रहण, सम्पूर्ण मन्त्रालयको जिम्मासमेत प्रधानमन्त्रीलाई
तस्बिरः राष्ट्रपतिको सचिवालय

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

यसैगरी प्रधानमन्त्री कार्कीलाई हालको लागि सम्पूर्ण मन्त्रालयको जिम्मा दिईएको छ।

नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री भएकी छिन्। जेनजी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उनले सरकारको नेतृत्व गरेकि हुन्।

यसका साथै उनको सरकारले आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गराउने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार