Technology Khabar २७ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरिएको छ। उनलाई संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।उनले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री भएकी छिन्। जेनजी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उनी सरकारको नेतृत्व गरेकि हुन्।
को हुन सुशीला कार्की ?
सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बन्नुका साथै नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्। उनले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गरेकी थिईन्।
तत्कालिन समयमा प्रधानन्यायाधीश हुँदानै कार्कीमाथि राजनीतिक दलहरूले महाभियोग प्रस्तावसमेत ल्याएका थिए तर त्यो प्रस्ताव अघि बढेन्।
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार