Technology Khabar २८ भाद्र २०८२, शनिबार
काठमाडौं ।
निकोनले आफ्नो पहिलो सिनेमा क्यामरा निकोन जेडआरको घोषणा गरेको छ। गत वर्ष प्राप्त गरिएको रेड सँगको सहकार्यमा बनेको जेडआरले निकोन जेड सिरिजमा रेडको कोडेक्स र कलर साइन्स ल्याएको उल्लेख गरिएको छ।
निकोन जेडआरले कम्पनीको जेड माउन्टको साथ जेड६आईआईआई को ईएक्सपीईईडी ७ ईमेज प्रोसेसर र उही २४.५मेगापिक्सेल फुल–फ्रेम सेन्सर प्रयोग गरेको छ। यो क्यामराले रेड क्यामराबाट व्युत्पन्न नयाँ १२–बिट आर३डी एनई आरएडब्लू कोडेकमा ६के÷६०पिक्सेल सम्म रेकर्डिङ गर्न सक्छ। साथै यसमा रहेको लग३जी१० र रेड वाइडग्यामटआरजीबी ग्यामटको लागि समर्थनले कलर म्याचिङ्गका लागि अन्य रेडकोड आरएडब्लू क्यामराहरूसँग स्थिरता सुनिश्चित गर्ने जनाइएको छ। त्यसैगरी यसमा आईएसओ ८०० र आईएसओ ६४०० गरी दुईओटा बेस (आधार) आईएसओ सेन्सेटिभिटिजहरू उपलब्ध रहेका छ। कम्पनीले क्यामराडायनामिक रेञ्जको १५+ स्टपहरू गर्न सक्षम रहेको दाबी गरेको छ।
आर३डी एनई आरएडब्लू सँगसँगै, निकोन जेडआरले निकोनको एन–आरएडब्लूका साथै एप्पलको प्रोरेस आरएडब्लूमा पनि रेकर्ड गर्न सक्ने बताइएको छ। साथै क्यामरामा एलयूटीहरु प्रिभ्यू (पूर्वावलोकन) मार्फत फुटेज कस्तो हुनेछ भनेर हेर्न सकिने छ। यसमा एक सिनेम्याटिक भिडियो मोड पनि उपलब्ध रहेको छ जसले बिना कुनै कार्य नगरी रेड क्यामरा लुक चाहनेहरूका लागि कलर ग्रेड, १८०–डिग्री शटर एंगल र २४पिक्सेल फ्रेम रेटलाई नन्–आरएडब्लू ढाँचामा लक गरी स्वचालित रूपमा क्यामरालाई रेड सिनेमेटिक लुकमा सेट गर्दछ।
निकोन जेडआरले बिल्ट–इन र एक्सटर्नल (बाह्य) माइक्रोफोनहरू प्रयोग गरेर ३२–बिट फ्लोट अडियो रेकर्डिङलाई समर्थन गर्दछ। एक्सटर्नल माइक्रोफोनहरू पावर्ड हटशू वा ३.५ एमएम माइक्रोफोन ज्याक मार्फत जडान गर्न सकिने छ। क्यामराले नोकियाको ओजेडओ अडियो प्रविधिलाई समर्थन गर्दछ जसले प्रयोगकर्तालाई फ्रण्ट (सुपर डिरेक्टसनल), फ्रण्ट (अल डिरेक्टसन्स), रियर र स्टेरियो (बाइनोरल) सहित पाँचओटा पोलार पिकअप पोइन्टहरूबाट छनौट गर्न दिने उल्लेख गरिएको छ।
निकोन जेडआरमा फूल डीसीआई–पी३ कभरेज र १००० निट्स पीक ब्राइटनेस भएको ठूलो ४ इन्चको डिस्प्ले समावेश गरिएको छ। साथै डिस्प्ले पनि पूर्ण रूपमा आर्टिक्युलेटिङ्ग रहेको थप उल्लेख गरिएको छ।
कनेक्टिभिटीतर्फ, माथि उल्लेखित माइक्रोफोनका साथै हेडफोन ज्याक पनि उपलब्ध हुने जनाइएको छ। यद्यपि, यसमा कुनै एक्सएलआर इनपुटहरू नभएको र सिनेमा क्यामरामा अपेक्षा गरिएको पूर्ण आकारको एचडीएमआईको सट्टा माइक्रो एचडीएमआई कनेक्टर मार्फत मात्र भिडियो आउट हुने उल्लेख गरिएको छ। साथै स्टोरेजतर्फ सीएफएक्सप्रेस र माइक्रोएसडी स्लट उपलब्ध रहेको उल्लेख गरिएको छ। त्यसैगरी क्यामरामा ब्लुटुथ र वाई–फाई सहितको यूएसबी ३.२ टाइप–सी कनेक्टर पनि रहेको तर इथरनेट भने उपलब्ध नभएको रिपोर्ट गरिएको छ।
अन्य सुविधाहरूमा ७.५ स्टप्स बिल्ट–इन ईमेज स्टेबलाइजेसन, (मानिसहरू, जनावर र सवारी साधन पत्ता लगाउने) अटोफोकस, वेदर (मौसम) सिलिङ सहितको म्याग्नेसियम अलोय चेसिस, फ्रण्ट ट्याली लाइट र भर्टिकल (ठाडो) भिडियोको लागि स्वचालित रोटेशन समावेश रहेका छन्। क्यामरामा कुलिङ फ्यान नभए पनि यसको सट्टा ताप फैलाउन सम्पूर्ण शरीर प्रयोग गर्ने उल्लेख गरिएको छ।
निकोन जेडआर अक्टोबरदेखि २२०० अमेरिकी डलरको सुरुवाती मूल्यमा उपलब्ध हुनेछ। विभिन्न बन्डल लेन्सहरूका साथ थप किटहरू पनि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २८ भाद्र २०८२, शनिबार