Technology Khabar २७ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग्रह गरेको हो।
सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूरुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ। साथै सेनासम्बन्धी सूचना आदानप्रदानका लागि सूचना निर्देशनालयलगायत स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न सकिनेसमेत जानकारी गराइएको छ।
यसका लागि पूर्वी क्षेत्र (ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा) का लागि मोबाइल नं ९८५२०८१७०४, मध्यपूर्वी क्षेत्र (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप र दोलखा) का लागि मोबाइल नं ९८५४०२०७७२, मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ, चितवन)का लागि मोबाइल नं ९८६३०२८८८४ र पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाङ, लम्जुङ, बाग्लुङ, म्याग्दी र मुस्ताङ) का लागि मोबाइल नं ९८५६०११४३९ मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार