सोनी एक्सपेरिया १० भीआईआई नयाँ डिजाइन, सुधारिएको हार्डवेयरको साथ आधिकारिक रूपमा अनावरण गरियो

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

सोनी एक्सपेरिया १० भीआईआई नयाँ डिजाइन, सुधारिएको हार्डवेयरको साथ आधिकारिक रूपमा अनावरण गरियो

काठमाडौं ।

सोनीले एक्सपेरिया १० भीआईआई आधिकारिक रूपमा अनावरण गरेको छ। सोनीको यो पछिल्लो मिड–रेञ्ज स्मार्टफोन पुनः डिजाइन गरिएको रियर क्यामरा मोड्युल र आफ्नो पूर्ववर्तीको तुलनामा धेरै सुधारहरू सहित आएको उल्लेख गरिएको छ।

सोनी एक्सपेरिया १० भीआईआईमा अपग्रेड गरिएका रियर क्यामराहरू छन् जुन पिल सेप्ड (आकार) को मोड्युल भित्र तेर्सो रूपमा राखिएको छ। फोनमा ५० मेगापिक्सेल सोनी एक्समोर आरएसको मुख्य सेन्सर र १३ मेगापिक्सेलको अल्ट्रावाइड युनिट रहेको छ। साथै सेल्फीहरूको लागि डिभाइसमा ८ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ।

एक्सपेरिया १० भीआईआईको अगाडि रहेको ६.१ इन्चको ओएलईडी डिस्प्लेले फुल एचडी+ को रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट प्रदान गर्दछ। उक्त डिस्प्ले कोर्निङको गोरिल्ला ग्लास भिक्टस २ द्वारा सुरक्षित गरिएको छ।

यो मिड–रेञ्ज स्मार्टफोनमा स्न्यापड्रागन ६ जेन ३ एसओसीको साथमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज समावेश गरिएको छ। डिभाइसको स्टोरेजलाई माइक्रोएसडी कार्ड स्लटमार्फत २टीबी सम्म विस्तार गर्न सकिने रिपोर्ट गरिएको छ।

एक्सपेरिया १० भीआईआईमा ५,००० एमएएच ब्याट्री प्याक रहेको छ। फोनले एन्ड्रोइड १५ रन गर्दछ र चार वर्षको ओएस अपडेटको साथ ६ वर्षको सुरक्षा प्याचहरू प्राप्त गर्न सेट गरिएको छ। यस । डिभाइसले सर्कल टु सर्च र गुगल जेमिनी पनि प्राप्त गरेको उल्लेख गरिएको छ।

फोनका अन्य सुविधाहरूमा डुअल फ्रन्ट फेसिङ स्पिकरहरू, ३.५एमएम हेडफोन ज्याक, छुट्टै क्यामरा शटर बटन, र आईपी६५/६८ रेटिङ समावेश रहेका छन्। फोनको मापन ८.३एमएम र तौल १६८ ग्राम रहेको छ।

सोनी एक्सपेरिया १० भीआईआई ह्वाइट (सेतो), टर्क्वोइज र चारकोल ब्ल्याक (कालो) रङ्गहरूमा उपलब्ध हुनेछ भने डिभाइसको मूल्य ४४९ यूरो (५२५ अमेरिकी डलर) कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार