मन्त्रालय जल्यो, भर्चुअलबाट काम

Technology Khabar २७ भाद्र २०८२, शुक्रबार

मन्त्रालय जल्यो, भर्चुअलबाट काम

काठमाडौं ।

जेनजी प्रदर्शनका क्रममा आन्दोलनकारीले स्वास्थ्य मन्त्रालय जलाएर ध्वस्त बनाए। मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तत्कालै गएर काम गर्न सक्ने अवस्था नरहेको जानकारी दिए। उनले अत्यावश्यक काम भर्चुअल माध्यमबाट भइरहेको जानकारी दिए।

मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन इकाइ (एचइओसी) समेत जलेर ध्वस्त भएपछि त्यसका लागि वीर अस्पतालमा एउटा कोठा तयार गरेर काम भइरहेको छ। आपतकालीन अवस्थामा सक्रिय हुने इकाइ हाल आन्दोलनका घाइते तथा मृतकको तथ्याङ्क सङ्कलन गर्ने, उपचारका लागि सहजीकरण गर्नेलगायतका काम गर्दै आएको छ।

स्वास्थ्य सचिव डा. देवकोटाले मुख्यसचिवसँग भर्चुअल बैठक भइरहेको जानकारी दिँदै मन्त्रालयले घाइतेको उपचारमा कुनै कमी नहोस् भनेर लागिरहेको बताए। उनले उपचारका लागि जनशक्ति व्यवस्थापन, औषधी, रगत, आइसियूलगायतका व्यवस्थापन गरिरहेको बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार