Technology Khabar २७ भाद्र २०८२, शुक्रबार
काठमाडौं ।
एप्पलले वाच एसई ३ सँगसँगै आफ्नो अहिलेसम्मको सबैभन्दा उन्नत स्मार्टवाच वाच अल्ट्रा ३ को घोषणा गरेको छ। अल्ट्रा ३ ले बिल्ट–इन स्याटेलाइट कनेक्टिभिटी, ठूलो र उज्यालो डिस्प्ले, लामो ब्याट्री लाइफ, र उच्च रक्तचाप पत्ता लगाउने र स्ल्पि स्कोरिङ सहित नयाँ हेल्थ टुल्स (स्वास्थ्य उपकरणहरू) प्रस्तुत गरेको छ।
एप्पल वाच अल्ट्रा ३ र एसई ३ को स्पेसिफिकेशनहरूः
वाच अल्ट्रा ३ मा स्मार्टवाचमा एप्पलको सबैभन्दा ठूलो डिस्प्ले रहेको छ, जसमा पातलो बेजेल र सुधारिएको ब्राइटनेस सहितको नयाँ एलटीपीओ३ वाइड–एंगल ओएलईडी प्यानल प्रयोग गरिएको छ।
डिस्प्लेले अलवेज–अन मोडमा १ हर्ज रिफ्रेस रेटलाई समर्थन गर्दछ जुन अब प्रत्येक सेकेन्डमा अपडेट हुनेछ। यसले स्टपवाच, टाइमर र विभिन्न वाच फेसेस जस्ता सुविधाहरूको लागि थप रेसपोनसिभ एक्सपिरियन्स सक्षम बनाउने एप्पलले दाबी गरेको छ।
ब्याट्री लाइफको बारेमा कुरा गर्दा, अल्ट्रा ३ सामान्य प्रयोगमा ४२ घण्टासम्म टिक्ने बताइएको छ र कम पावर मोडमा ७२ घण्टासम्म विस्तार हुने उल्लेख गरिएको छ। साथै वाचले द्रुत चार्जिङलाई समर्थन गर्दछ भने १५ मिनेट चार्जले १२ घण्टासम्म प्रयोग प्रदान गर्ने रिपोर्ट गरिएको छ।
एप्पलले टु–वे स्याटेलाइट कम्युनिकेसन (दुई–तर्फी उपग्रह सञ्चार) को लागि समर्थन पनि थपेको छ। प्रयोगकर्ताहरू सेलुलर वा वाइफाइ कभरेजभन्दा बाहिर हुँदा, तिनीहरूले टेक्स्ट मेसेज पठाउन र प्राप्त गर्न, आपतकालीन सेवाहरूलाई अलर्ट गर्न र आफ्नो स्थान साझा गर्न सक्नेछन्। यो सुविधाले प्रत्येक १५ मिनेटमा फाइन्ड माई अपडेटहरूलाई पनि समर्थन गर्दछ र इण्ड–टु–इण्ड इन्क्रिप्टेड म्यासेजेजसँग पनि काम गर्दछ।
एप्पलले वाच अल्ट्रा ३ सँग दुई वर्षको निःशुल्क स्याटेलाइट सर्भिस समावेश गरेको छ। साथै अल्ट्रा ३ ले फाइभजी कनेक्टिभिटी पनि थप गरेको छ।
अल्ट्रा ३ ले हाइपरटेन्सन नोटिफिकेसन सिस्टम (उच्च रक्तचाप सूचना प्रणाली) सहित नयाँ स्वास्थ्य उपकरणहरू प्रस्तुत गरेको छ। यो प्रणालीले रक्तनली व्यवहारमा परिवर्तनहरू निगरानी गर्न अप्टिकल हार्ट सेन्सर प्रयोग गर्दछ र प्रयोगकर्ताहरूलाई दीर्घकालीन उच्च रक्तचापको सम्भावित संकेतहरू बारे सचेत गराउँदछ।
साथै एप्पलले पहिलो वर्षमा दस लाख भन्दा बढी निदान नभएका केसहरू पहिचान गर्न मद्दत गर्ने अपेक्षा गरेको छ। नयाँ स्ल्पि स्कोर प्रणालीले वेक (उठ्ने) फ्रिक्वेन्सी, अवधि, र निद्रा चरणहरू जस्ता डाटा प्रयोग गरेर निद्राको गुणस्तर विश्लेषण गर्दछ।
वाचमा एप्पल इन्टेलिजेन्सद्वारा सञ्चालित व्यक्तिगत कोचिङ सुविधा, वर्कआउट बडी पनि थप गरिएको छ। यसले वर्कआउटको समयमा स्पोकन मोटिभेसन प्रदान गर्नको लागि फिटनेस हिस्ट्रि, हार्ट रेट र पेसिङ डाटा प्रयोग गर्दछ। पुनः डिजाइन गरिएको वर्कआउट एपले पेसर, रेस रुट जस्ता सुविधाहरू र विभिन्न खेलहरूको लागि कस्टमाइजेबल भ्यूजलाई समर्थन गर्दछ।
त्यसैगरी वाच एसई ३ लाई पनि अपडेट गरिएको छ। यसमा अब अलवेज–अन डिस्प्ले, फास्ट चार्जिङ र स्लीप एप्निया नोटिफिकेसनहरू, रिस्ट टेम्प्रेचर सेन्सिङ र रेट्रोस्पेक्टिभ ओभुलेशन इस्टिमेट्सजस्ता प्रमुख स्वास्थ्य सुविधाहरू समावेश गरिएका छन्। एसई ३ नयाँ एस१० चिपमा चल्ने र डबल–ट्याप र रिस्ट फ्लिक जस्ता वान–ह्याण्ड जेस्चरलाई समर्थन गर्दछ।
दुबै मोडेलहरू वाचओएस २६ मा चल्नेछन् जसले नयाँ लिक्विड ग्लास यूआई डिजाइन, परिष्कृत स्मार्ट स्ट्याक विजेटहरू, म्यासेजेहरूमा लाइभ ट्रान्सलेसन र पुनः डिजाइन गरिएको वाच फेस ग्यालेरी ल्याएको उल्लेख गरिएको छ। साथै ओएसले अन–डिभाइस सिरी, वर्कआउट बडी र कन्टेक्स्ट–अवेर म्यासेज सुझावहरू जस्ता सुविधाहरू चलाउन एप्पल इन्टेलिजेन्समा भर पर्ने जनाइएको छ।
मूल्य निर्धारण र उपलब्धताः
न्याचुरल (प्राकृतिक) र ब्ल्याक (कालो) टाइटेनियम फिनिशमा आउने वाच अल्ट्रा ३ को मूल्य ७९९ अमेरिकी डलर बाट सुरु हुने बताइएको छ। वाच एसई ३ को मूल्य भने २४९ अमेरिकी डलर बाट सुरु हुनेछ। दुबै मोडेलहरू अहिले प्रि–अर्डरको लागि उपलब्ध भइसकेकोर सेप्टेम्बर १९ मा बिक्रीमा जाने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २७ भाद्र २०८२, शुक्रबार