त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब एकैचोटि छठ पर्वपछि

Technology Khabar २६ भाद्र २०८२, बिहीबार

त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब एकैचोटि छठ पर्वपछि

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब एकैचोटि छठ पर्वपछि अर्थात् आगामी कार्तिक ११ गतेदेखि हुने भएको छ।

आज त्रिवि रजिष्ट्रारको कार्यालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै देशभर असामान्य परिस्थिति रहेकाले भदौ २९ देखि असोज ५ गतेसम्मका र कार्तिक ९ गतेको कक्षा लाग्नुपर्ने दिनलाई आगामी हिउँदे बिदाबाट काट्ने गरी मिलान गर्न लागिएको जानकारी दिएको छ।

आज त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा सञ्चार महाशाखा प्रमुख लिल्ली थापा क्षेत्रीको नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ।’

प्रकाशित: २६ भाद्र २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार