जेनजीहरूको भर्चुअल बैठक, नेतृत्वमा पूर्व प्रधान न्यायाधिश सुशीला कार्कीलाई अगाडि बढाईने

Technology Khabar २५ भाद्र २०८२, बुधबार

जेनजीहरूको भर्चुअल बैठक, नेतृत्वमा पूर्व प्रधान न्यायाधिश सुशीला कार्कीलाई अगाडि बढाईने
काडमाडौंमा जेनजीको प्रदर्शन । टेक्नोलोजीखबर।

काठमाडौं ।

जेनजी आन्दोलनमा सहभागी युवाहरूबीच अन्तरिम सरकार प्रमुखका रूपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति बनेको छ।

जेनजीहरूले अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीको नाम खुला मतबाट चयन गरेका हुन्।

डिस्कोर्डमा भएको भर्चुअल बैठक र खुला मतदानमा जम्मा ७,७१३ मत खसेकोमा सुशीला कार्कीले ३,८३३ मत (५० प्रतिशत) प्राप्त गरी सबैभन्दा अगाडि रहेकी छन्।

दोस्रो स्थानमा २,०२२ मत (२६ प्रतिशत) सहित ‘र्यान्डम नेपाली’ विकल्प देखियो भने तेस्रोमा सागर ढकाल १,०९८ मत (१४ प्रतिशत) प्राप्त गर्दै रहे। हर्क साम्पाङले ६ प्रतिशत र महावीर पुनले ४ प्रतिशत मत पाए।

यसअघि दिनभर करिब पाँच घण्टाभन्दा लामो छलफलपछि जेनजीहरूले अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीको नाम साझा रूपमा अघि सार्ने निर्णय गरेका थिए।

जेनजीका नेताहरूले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सम्बन्धी अनुभव र समझदारी अभाव भएको स्वीकार गर्दै वार्ता र शासनका लागि परिपक्व तथा विश्वासिलो नेतृत्व आवश्यक रहेको बताएका छन्।

बैठकमा जानकारी दिइएअनुसार, कार्कीसँग प्रत्यक्ष संवादका लागि सागर ढकाललाई जिम्मेवारी दिइएको छ।

प्रकाशित: २५ भाद्र २०८२, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार

Russian cargo spacecraft Progress MS-30 completes mission

  • Technology Khabar
  • २५ भाद्र २०८२, बुधबार