शिक्षण संस्था प्राथमिकीकरण गर्न प्राविधिक शिक्षामा विशेष छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई सीटीईभीटीको आग्रह

  • Technology Khabar | २३ भाद्र २०८२, सोमबार
शिक्षण संस्था प्राथमिकीकरण गर्न प्राविधिक शिक्षामा विशेष छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीलाई सीटीईभीटीको आग्रह

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गतको प्रमाणपत्र तह सामान्य चिकित्सा कार्यक्रममा अनलाइन आवेदन फाराम भरेका आवेदकहरूलाई शिक्षण संस्था प्राथमिकीकरण गर्न आग्रह गरेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै सम्बन्धित सबैमा यस प्रकारको जानकारी गराएको हो। कार्यालयले गत भदौ ९ गते सूचना प्रकाशित गरी डिप्लोमा / प्रमाणपत्र तहको सामान्य चिकित्सा कार्यक्रममा ५ वटा शिक्षण संस्थामा गरेर दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्राहरूका लागि १५२ सिट तथा प्राविधिक शिक्षामा पहुँच नपुगेका ७८ पालिकामा स्थायी बसोबास गर्ने छात्रछात्राहरूका लागि ४८ सिट गरी जम्मा २०० सिट छुट्याएको थियो।

तीमध्ये आवेदकहरूले जम्मा एउटा शिक्षण संस्थालाई मात्र छनोट गरेको हुँदा उक्त छनोट गरेको शिक्षण संस्थाका अतिरिक्त ४ वटा शिक्षण संस्थालाई अनलाइन आवेदन फाराममा गई अन्य ४ वटा शिक्षण संस्थाको नाम पप अपमा देखिने गरी राखिएकोले भोलि भदौ २४ भित्रमा उक्त शिक्षण संस्थालाई ड्र्याग एण्ड ड्रप गरी शिक्षण संस्था प्राथमिकीकरण गर्न सबै आवेदकहरूको मोबाइल नं. मा बल्क एसएमएस समेत पठाइसकेको कार्यालयले जनाएको छ।

यदि उक्त एसएमएस प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी तोकिएको मितिभित्र अनिवार्य रूपमा प्राथमिकीकरण गर्न सम्बन्धित सबैलाई कार्यालयले आग्रह गरेको हो।

शिक्षण संस्था प्राथमिकीकरण गर्ने तरिका

१. अनलाइन एप्लिकेशन फर्ममा गई आवेदन दिँदा प्रयोग गरिएको यूजर नेम र पासवर्ड राखी लग इन गर्नुहोस्।
२. आफूले आवेदन फाराम सबमिट गर्दा छनोट गरेको शिक्षण संस्था पहिलो प्राथमिकतामै रहने हुँदा पप अपमा देखिएको शिक्षण संस्थाहरूलाई आफ्नो प्राथमिकता अनुसार ड्र्याग एण्ड ड्रप गरी क्रम सङ्ख्या मिलाउनुहोस् र सबमिट गर्नुहोस्।
३. शिक्षण संस्थाको प्राथमिकीकरण एक पटक मात्र सबमिट हुनेछ।

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार