जेन–जी पुस्ताले गरे काठमाण्डौँमा सरकार विरुद्ध विशाल प्रदर्शनः हेर्नुहोस् तस्विरमा

  • Technology Khabar | २३ भाद्र २०८२, सोमबार
जेन–जी पुस्ताले गरे काठमाण्डौँमा सरकार विरुद्ध विशाल प्रदर्शनः हेर्नुहोस् तस्विरमा
काडमाडौंमा जेनजीको प्रदर्शन । टेक्नोलोजीखबर।

काठमाडौं ।

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेको विरोधमा जेन–जी पुस्ताले सोमबार प्रदर्शन गरेका छन्।

काठमाण्डौँको माईतीघरमा भेला भएका चार हजार भन्दा बढि संख्यामा रहेका जेन–जी पुस्ता सरकार विरुद्ध नारा लगाउँदै बानेश्वर स्थित संसद भवनतर्फ अघि बढेका थियो।

सन् १९९७ देखि २०१२ सम्ममा जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ।
सरकारले गत साता फेसबुकसहितका २६ ओटा सामाजिक सन्जाल प्लेटफर्महरु बन्द गरेपछि यसले सबैभन्दा बढी प्रभावित जेन–जी पुस्ता भएको छ।

सोशल मिडिया प्लेटफर्महरुमा सक्रिय रहँदै आएको यो पुस्ताले भदौ २३ गते (सेप्टेम्बर ८ तारिख) सोमबार बृहत् आन्दोलनको तयारीमा जुटेको सामाजिक सञ्जालमार्फत् जानकारी सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालको एक्सेस बन्द गर्ने सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता सीमित हुने भएकाले नागरिकले आफ्ना विचार खुला रूपमा व्यक्त गर्न नपाउने भन्दै उनीहरुले सरकारविरुद्ध स्वतः स्फूर्त आन्दोलनको घोषणा गरेका हुन्।

‘जेन–जी युवाहरु सडकमा !’ भन्ने नाराका साथ भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोग विरुद्ध युवा पुस्ता आन्दोलनमा सहभागी भएका हुन्।

उक्त अभियानले सामाजिक सञ्जालमा नेता, सरकारी कर्मचारी, न्याय क्षेत्रका व्यक्तिहरूका सन्तानले सामाजिक सञ्जालमा राखेको सम्पन्न जीवनशैलीका तस्बिर र भिडियोहरु सार्वजनिक समेत गरिरहेका छन्।

जेनजीको आन्दोलनलाई कन्टेन्ट क्रिएटर्सहरुले पनि साथ दिएका छन्।

तस्बिरहरु: प्रतिक राना

प्रकाशित: २३ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...