सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा उत्रिएका पाँच युवा पक्राउ

  • Technology Khabar | २१ भाद्र २०८२, शनिबार
सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा उत्रिएका पाँच युवा पक्राउ

काठमाडौं ।

सरकारले गरेको सामाजिक सञ्जालहरु बन्दको विरोधमा उत्रिएका युवाहरू पक्राउ परेका छन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि आज प्रर्दशनमा उत्रिएका पाँच युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् ।

उनीहरूले मुखमा मास्क र कालो टेप लगाएर सांकेतिक विरोध गरेका थिए। यसैगरी उनिहरुले विरोधमा हाते व्यानर समेत प्रदर्शन गरेका थिए।

प्रकाशित: २१ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×