अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

  • Technology Khabar | २१ भाद्र २०८२, शनिबार
अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ र निजी एयरोस्पेस कम्पनी ‘नर्थरप ग्रुमन’ ले आउँदो मध्य सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) तर्फ कार्गो मिसन पठाउने तयारी गरिरहेका छन्।

नर्थरप ग्रुमनको यो २३औं पुनःआपूर्ति सेवा उडान हुनेछ, जुन फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिनेछ।

नासाका अनुसार, यो मिसनमा प्रयोग हुने साइग्नस अन्तरिक्ष यानमा पठाइने अनुसन्धान सामग्रीहरू मुख्य रूपमा नयाँ पुस्ताका प्रविधिका लागि अर्धचालक (सेमिकन्डक्टर) क्रिस्टलको गुणस्तर सुधार गर्ने, हानिकारक सूक्ष्मजीवहरूको सङ्ख्या घटाउने, औषधि उत्पादन प्रक्रियामा सुधार ल्याउने र अन्तरिक्षमा इन्धनको दबाब व्यवस्थापनसम्बन्धी परीक्षण गर्ने उद्देश्य राखिएको छ।

नासाले यस मिसनमार्फत वैज्ञानिक अनुसन्धान र प्रविधिमा थप प्रगति हुने अपेक्षा व्यक्त गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: २१ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २१ भाद्र २०८२, शनिबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २१ भाद्र २०८२, शनिबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २१ भाद्र २०८२, शनिबार