सूचना, प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड

  • Technology Khabar | २० भाद्र २०८२, शुक्रबार
सूचना, प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सूचना प्रविधि र सीपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा एवं १५औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक हुने बताए।

देशमा जे चिजको सम्भावना छ त्यसको खोजी गरी आर्थिक उपार्जन तिर लाग्न व्यवसायीलाई आग्रह गर्दै उनले निजी क्षेत्रको लगानीबाट मात्रै आर्थिक गतिविधि चलायमान हुने धारणा राख्ने।

वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उनले निष्ठा, इमान्दारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव भएको धारणा राखे। लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान गराउनुपर्ने धारणा राखे। त्यसका लागि केन्द्रीयस्तरबाट लगानीमैत्री वातावरण सृजना गरिनुपर्ने उनको भनाइ छ।

युवा शक्ति विदेशिने समस्याको समाधान रोजगार सिर्जना भएको बताउँदै उनले लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको बताए।

कास्कीका जिल्ला प्रमुख अधिकारी रुद्रादेवी शर्माले आर्थिक र रोजगारी वृद्धिका लागि स्थानीय मागलाई आधार मानी आयात विस्थापित गर्ने कार्ययोजना अनुसार अगाडि बढ्न सुझाव दिइन्।

लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रुपान्तरणमा सङ्घको भूमिका स्मरण गराउँदै विसं २०७८ मा स्थापना गरेको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ पोखरा–३२ राधाकृष्ण शान्ति आश्रमका पीठाधिश मुकुन्दशरण उपाध्यायलाई प्रदान गरियो। सो पुरस्कार राशि रु एक लाख एक हजार रहेको छ।

त्यसैगरी आर्थिक पत्रकार पुरस्कार पत्रकार सुरेन्द्र पौडललाई प्रदान गरियो। सो पुरस्कारको राशि रु १५ हजार ८८ रहेको छ। साथै लेखनाथ उद्योग वाणिज्य सङ्घले प्रदान गर्ने महिला उद्यमी सम्मान रुपकला श्रेष्ठलाई गरिएको छ। रासस

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २० भाद्र २०८२, शुक्रबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २० भाद्र २०८२, शुक्रबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २० भाद्र २०८२, शुक्रबार