सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय गरेको सरकारका प्रधानमन्त्रीकै पार्टी महाधिवेशनको फोटो फेसबुकमा असरल्ल

  • Technology Khabar | २० भाद्र २०८२, शुक्रबार
सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय गरेको सरकारका प्रधानमन्त्रीकै पार्टी महाधिवेशनको फोटो फेसबुकमा असरल्ल

काठमाडौं ।

सरकारले हिजो बिहीबारदेखि सूचीकरण नभएका सामाजिक सञ्जाल निस्क्रिय गर्ने निर्णय गरेर नियामक निकायलाई निर्देशन दिइसकेको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि सम्बन्धित इन्टरनेट सेवा प्रदायकहरुलाई हिजो नै पत्र जारी गरिसकेको छ।

केही इन्टरनेट सेवा प्रदायकले हिजोबाट नै सरकारको निर्देशन अनुसार तोकिएका सामाजिक सञ्जाल निस्क्रिय बनाइसकेका छन् भने केहीले क्रमश: बनाउँदै लैजाने क्रममा रहेका छन्।

सरकारले सामाजिक सञ्जाल निष्क्रिय गराउँदै गर्दा प्रधानमन्त्रीको सचिवालय भने एमाले विधान महाधिवेशनको फोटोहरु सचिवालयो आधिकारिक फेसबुक पेजमा अपलोड गर्नमा व्यस्त छ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुरु भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजको कार्यक्रममा सम्बोधन गरेका छन्।

उद्घाटन सत्रमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कोही कसैसँग सम्झौता नगरी देश र जनताका पक्षमा उभिएकाले पार्टीप्रति आमजनताको विश्वास बढेको बताए।

हास्यास्पद के छ भने प्रधानमन्त्रीको सचिवालयले आफ्नै सरकारले बन्द गर्न निर्णय गरेर नियामकलाई हिजो बिहीबारैदेखि प्रतिबन्ध लगाउन निर्देशन दिएको सामाजिक सञ्जाल फेसबुकमा उक्त कार्यक्रमका फोटोहरु अपलोड र शेयर गरिरहेको छ।

यस्तै उनको सचिवायलयले मिडियाकर्मीहरुलाई पठाउँदै आएको समाचार र फोटोहरु शेयर गर्ने ह्वाट्सएप ग्रुप समेत सक्रिय रहेको देखिन्छ। उक्त ग्रुपमा आजैपनि विभिन्न समाचार र फोटोहरु पठाईएका थिए।

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...