वर्ल्डलिंकले बन्द गर्यो सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू

  • Technology Khabar | २० भाद्र २०८२, शुक्रबार
वर्ल्डलिंकले बन्द गर्यो सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।

वर्ल्डलिंकले शुक्रबार बिहान आफ्नो वेबसाइटमार्फत जारी गरेको सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार यस्तो निर्णय गरिएको उल्लेख छ।

“नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय तथा सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू नियमन गर्न हाम्रो कम्पनीलाई निर्देशन दिएको छ, “सूचनामा उल्लेख छ, “यसअनुसार वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत यी प्लेटफर्महरूको अब प्रयोग गर्न नसकिने जानकारी गराउँछौँ।”

वर्ल्डलिंकले सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णयका कारण ग्राहक वर्गमा परेको असुविधा प्रति क्षमायाचना गरेको छ।

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार