Technology Khabar १९ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गरेको जानकारी दिएको छ।
एनसेलले बिहीबार साँझ सार्वजनिक सूचना जारी गर्दै दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्म बन्द गरिएको बताएको छ।
एनसेलकाअनुसार, टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने छ।
प्रकाशित: १९ भाद्र २०८२, बिहीबार