अनलाइन पत्रकार संघले भन्यो- ‘राजा ज्ञानेन्द्र शाहको शासनकालमा मोबाइल सेवा बन्द गराएको झल्को आयो’

  • Technology Khabar | १९ भाद्र २०८२, बिहीबार
अनलाइन पत्रकार संघले भन्यो- ‘राजा ज्ञानेन्द्र शाहको शासनकालमा मोबाइल सेवा बन्द गराएको झल्को आयो’

काठमाडौं ।

नेपालमा सुचीकरण नभएका भन्दै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको पर्याय बनेका सामाजिक संजाल बन्द गर्ने सरकारी निर्णय प्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका अध्यक्ष शिवप्रसाद सत्यालले विज्ञप्ती जारी गर्दै नेपालमा सुचीकरण नभएको नाममा नागरिकले व्यक्तिगत, सामुहिक तथा संस्थागत रुपमा अभिव्यक्तिको माध्यम बनाएका फेसबुक, युटुब, एक्स जस्ता सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय हचुवाको भरमा गरिएको निर्णय भएको बताएका छन्।

यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको सोझो प्रहार भएको संघको ठहर छ।

“सामाजिक संजाल बन्द गर्ने सरकारी निर्णयले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मोबाइल सेवा बन्द गराएको झल्को आएको छ।निर्वाचन प्रक्रियाबाट आएको र लामो लोकतान्त्रिक इतिहास बोकेका दलहरुको सरकारले त्यस्तै तानाशाही मार्ग अबलम्बन गर्न लागेका हुन कि भन्ने आभाष मिलेको छ,” अनलाइन पत्रकार संघले भनेको छ।

यस्तै अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा अनलाइन पत्रकार संघले कुनै सम्झौता गर्न नसक्ने भन्दै सुचीकरण नभएको नाममा सामाजिक संजाल बन्द गर्ने गराउने भन्ने सरकारको निर्णय गैरसंवैधानिक आपत्तिजनक, हचुवाको भरमा आएको र लोकतन्त्र विरोधी भएको उल्लेख छ।

अनलाइन पत्रकार संघले सरकारलाई निर्णय तत्काल सच्याउन आग्रहसमेत गरेको छ।

यस्तो छ विज्ञप्ती-

online_patrakarsang_release

प्रकाशित: १९ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार