६१ करोड भन्दा बढि इमेल आइडी बिक्रीमा, तपाईँको इमेल एकाउन्ट पनि पर्यो की ?

  • Technology Khabar | २ फाल्गुन २०७५, बिहीबार
६१ करोड भन्दा बढि इमेल आइडी बिक्रीमा, तपाईँको इमेल एकाउन्ट पनि पर्यो की ?
सांकेतिक

काठमाडौं ।

काठमाडौं । ह्याकरहरुले विभिन्न साइटहरुबाट जानकारी चोर्ने र ती जानकारीहरु डार्क वेबमा बेच्ने गरेको समाचारहरु आई नै रहेका छन् । फेरी ह्याकरहरुले विभिन्न साइटहरुका जानकारी चोरेर मानिसहरुको ६१ करोड भन्दा बढि डिटेल ह्याक गरेका छन् ।

यी व्यक्तिगत ईमेलहरु अहिले ह्याकरहरुले डार्क वेबमा बिक्रीका लागि राखेको रिपोर्ट बाहिर आएको छ ।

हालै दि रजिष्टर नामक साइटकाअनुसार १६ वटा साइटहरुबाट ६१ करोड ७० लाख ईमेलहरु चोरि भएको छ जसलाई बिक्रीका लागि राखिएको हो । यी डाटाहरु किन्नको लागि २० हजार बिटक्वाइन आवश्यक पर्ने बताईएको छ ।

यो पुरै एकाउन्ट डेटाबेस ड्रीम मार्केट साइबर सोकबाट किन्न सकिन्छ जून टोर नेटवर्कमा उपलब्ध छ ।

यसरी यूजरहरुको इमेल ह्याक भएको र बिक्रीका लागि राखिएका वेबसाइटहरुमा डबम्यास Dubsmash , माइफिटेसपाल MyFitessPal, माइहेरिटेज MyFitessPal, सेयरदिस MyFitessPal, हौटेलुक HauteLook , एनिमोटो Animoto, आईएम EyeEm, ८फिट 8fit, ह्वाइजपेजेज् whitepages, फोटोलग fotolog, ५००पिएक्स 500px, आर्मर गेम्सArmor games, बुकमेटbookmate, कफिमिट्सबागेल coffeemeetsbagel, आर्ट्सी Artsy र डाटाक्याम्प datacamp रहेका छन् ।

यीमध्ये डबम्यास र आर्मर गेम्स नेपालमा पनि धेरै प्रयोग हुने वेबसाइटहरुमध्येमा पर्दछन्।

तपाईँले यो लिस्टमा ती वेबसाइटहरु हुन जसबाट तपाईँको डाटा चोरी भएको छ । यदि तपाईँपनि यी माथि लेखिएका साइटहरुको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँको डाटा पनि चोरी भएको छ र बिक्रीका लागि राखिएको छ ।

यसरी चोरी गरिएको डाटा कयौं जीबीमा रहेकोछ, जसमा यूजर्सको एकाउन्ट होल्डर नेम, इमेल एड्रेस र पासवर्ड रहेका छन् । यसमा राखिएको पासवर्ड प्लेन टेक्स्टमा नभएको र यो इन्क्रिप्टेड रहेको बताईएको छ । तर पनि यसलाई क्र्याक गरेर यूजर्सको इमेल आईडी एक्सेस गर्न प्रयोग गर्न सकिने किसिमको रहेको छ ।

ह्याकरहरुले बेच्न राखेको जानकारीहरुमा यूजर्सको लोकेसन, सोशल मिडिया अथेन्टिकेसन टोकन्स, पर्सनल जानकारीहरु रहेका छन् । तर यसमा पेमेन्टसँग सम्बन्धित जानकारी भने छैन् ।

कसले किन्छ यस्तो डाटा ?

यस्तो चोरी गरिएको डाटाहरु ह्याकर्स र स्पामर्सले किन्न सक्नेछन् । जसले तपाईँको इमेल आइडी वा पासवर्ड यूज गरेर तपाईँको गोप्य जानकारीहरुमा थप पहुँच पाउन सक्दछ । त्यसै तपाईँको सामाजिक संजाल एकाउन्टलाई दूरुपयोग गर्न सक्ने संभावना रहन्छ ।

प्रकाशित: २ फाल्गुन २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार