सर्ट भिडियोहरू आकर्षक बनाउन आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेको युट्युबले स्वीकार गर्यो

  • Technology Khabar | १६ भाद्र २०८२, सोमबार

काठमाडौं ।

लोकप्रिय प्लेटफर्म युट्युबले केही सर्ट भिडियोहरूमा मेसिन लर्निङ प्रविधि लागू गर्ने प्रयोग गरिरहेको खुलासा गरेको छ।

युट्युबले क्रियटर्स (सिर्जनाकर्ताहरू) को ज्ञान वा सहमति बिना नै सर्ट भिडियोहरू सहज रूपमा सुधार गर्न मेसिन लर्निङ प्रविधि प्रयोग गरेको स्वीकार गरेको छ।

प्लेटफर्मले पनि तस्बिरहरू प्रोसेसिङ गर्दा आधुनिक स्मार्टफोनहरूले प्रयोग गर्ने जस्तै ब्लरिङ (धमिलो) र नोइज रिमुभल (आवाज हटाउने) प्रविधिहरू प्रयोग गरेको जनाइएको छ।

मोबाइल डिभाइसहरूमा राम्रो भिविङ्ग एक्सपिरियन्स (अनुभव) प्रदान गर्नु कम्पनीको लक्ष्य भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

क्रियटर्स (सिर्जनाकर्ताहरू) लाई भने यस परिवर्तनहरू बारे थाहा नभएको उल्लेख गरिएको छ। रिक बीटो र रेट शुल लगायत लोकप्रिय युट्युबरहरूले सार्प एजेज सहित, कन्टेण्ट (सामग्री) को अथेन्टिसिटीलाई कम गर्ने आर्टिफिसियल इफेक्ट (कृत्रिम प्रभाव) हरुका साथ आफ्ना भिडियोहरू फरक देखिएको उल्लेख गरिएको छ।

यद्यपि, युट्युबले यो “आर्टिफिसियल इन्टेलिजेन्स इन्हान्स्मेण्ट” वा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स हो भन्ने दाबीलाई अस्वीकार गरेको र यो केवल एक एल्गोरिथमिक प्रयोग हो भनेर जोड दिएको उल्लेख गरिएको छ।

धेरै क्रियटर्स (सिर्जनाकर्ताहरू) यो कार्यले प्लेटफर्ममा विश्वासलाई कमजोर बनाउँछ र उनीहरूको रचनात्मक नियन्त्रणमा उल्लङ्घन गर्दछ भन्ने विश्वास व्यक्त गरेका छन्।

श्रृंखलाबद्ध आलोचना पछि भने कम्पनीले क्रियटर्स (सिर्जनाकर्ताहरू) लाई यो प्रक्रियाबाट बाहिर निस्कन अनुमति दिने एक विकल्पमा काम गरिरहेको घोषणा गरेको छ।

यद्यपि,कन्टेण्ट चेञ्ज (सामग्री परिवर्तन) कुनै प्रश्न बिना गरिएको हुनाले धेरैले क्षति पहिले नै भइसकेको विश्वास व्यक्त गरेका छन् भनि टेलिग्राफले गरेको छ।

प्रकाशित: १६ भाद्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • १६ भाद्र २०८२, सोमबार