एनभिडियाको बिक्री ५६ प्रतिशतले बढ्यो

  • Technology Khabar | १४ भाद्र २०८२, शनिबार
एनभिडियाको बिक्री ५६ प्रतिशतले बढ्यो
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

चिप जायन्ट एनभिडियाले नयाँ बिक्री रेकर्ड कायम गरेको छ। एनभिडियाले कायम गरेको यस नयाँ बिक्री रेकर्डले आर्टिफिसियल इन्टेलिजेन्सको माग बलियो रहेको संकेत गर्दछ।

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एनभिडियाले बुधबार जुलाईमा समाप्त भएको तीन महिनाको अवधिको लागि ४६.७४ अर्ब डलरको आम्दानी गरेको रिपोर्ट गरेको छ जुन वर्षिक रुपमा ५६ प्रतिशतले बढेको भन्दै विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।

त्रैमासिकको नाफा २६.४२ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ जुन वर्षिक रुपमा ५९ प्रतिशतले बढेको जनाइएको छ।

टेक जायन्टलाई एआई बूमको ब्यारोमिटरको रूपमा व्यापक रूपमा हेरिएको छ र यसले अमेरिकी शेयर बजारलाई उच्चबाट थप उच्च रेकर्डमा पुर्याएको हुनाले एनभिडियाको पछिल्लो आम्दानी प्रतिवेदन उत्सुकतापूर्वक प्रतिक्षा गरिएको रिपोर्ट गरिएको छ।

एनभिडियाका सीईओ जेन्सेन हुआङले एनभिडियाको सबैभन्दा उन्नत चिप्स प्रयोग गर्ने नवीनतम प्लेटफर्म, ब्ल्याकवेल अल्ट्राको उत्पादन “पूर्ण गतिमा” बढिरहेको र कम्पनीका उत्पादनहरूको माग “जबरदस्त” भएको बताएका छन्।

“एआई दौड सुरु भएको छ र ब्ल्याकवेल यसको केन्द्रमा रहेको प्लेटफर्म हो” भनि जेन्सेनले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार