पूर्व कर्मचारीद्वारा हालिएको यौन दुर्व्यवहारसम्बन्धी मुद्दा खारेज गर्न मेटाले गरेको माग अदालतद्वारा अस्वीकार

Technology Khabar १३ भाद्र २०८२, शुक्रबार

पूर्व कर्मचारीद्वारा हालिएको यौन दुर्व्यवहारसम्बन्धी मुद्दा खारेज गर्न मेटाले गरेको माग अदालतद्वारा अस्वीकार

काठमाडौं ।

अमेरिकी प्राविधिक कम्पनी मेटाविरुद्ध दायर भएको यौन दुर्व्यवहारसम्बन्धी मुद्दा खारेज गर्न गरिएको मागलाई अदालतले अस्वीकार गरेको छ। मेटाको सुरुवाती कर्मचारी केली स्टोनलेकले दायर गरेको मुद्दाबारे हेरेर रहेका अमेरिकी जिल्ला न्यायाधीश बार्बरा रोथस्टाइनले यस महिनाको आदेशमा स्टोनलेकका केही दाबीहरूलाई वैधानिक मान्यता दिँदै मुद्दा अघि बढ्ने निर्णय गरेकी हुन्।

“यस निर्णयले भेदभाव र विषाक्त कार्यसंस्कृतिको अनुभव गरेका अरूलाई पनि न्याय र जवाफदेहिताका लागि अदालतलाई एउटा विकल्पका रूपमा सोच्न प्रोत्साहित गर्ने आशा लिएको छु,” स्टोनलेकले टेकक्रन्चलाई दिएका विज्ञप्तिमा भनेकी छन्।

टेकक्रञ्चका अनुसार स्टोनलेक सन् २००९ देखि २०२४ को सुरुवातमा बर्खास्त हुनुअघि सम्म मेटामा कार्यरत थिइन्। उनले यस वर्ष वाशिङटन राज्यमा मुद्दा दायर गर्दै यौन उत्पीडन, लैंगिक भेदभाव र प्रतिशोधको आरोप लगाएकी थिइन्। मेटाले मुद्दालाई संघीय अदालतमा सारेको र खारेज गर्न माग गर्दै उनका दाबी कानुनी दृष्टिले पर्याप्त नभएको तर्क गरेको थियो। मेटाले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

स्टोनलेकले प्रारम्भिक उजुरीमा यौन दुर्व्यवहार र उत्पीडनबारे उजुरी गर्दा पनि कम्पनीले कारबाही नगरेको, प्रमोशनमा पुरुषलाई प्राथमिकता दिइएको र जातीय भेदभावपूर्ण तथा बालबालिकालाई हानी पुर्‍याउने भिडियो गेमबारे चासो व्यक्त गरेपछि प्रतिशोधको सामना गर्नुपरेको दावी गरेकी छन्। ती आरोपित अवस्थाले उनको मानसिक स्वास्थ्य गम्भीर रूपमा बिग्रिएको र उपचारमा रहनुपर्ने अवस्था आएको उनको भनाइ छ।

फेब्रुअरीमा किन मुद्दा दायर गरिन् भन्ने प्रश्नमा उनले मेटामा हुने दुर्व्यवहारको ठूलो ढाँचाबारे जवाफदेहिता ल्याउन चाहेको बताएकी थिइन्। “मेटाले त्यस्तो क्षति पुर्‍याउने सामर्थ्य राख्छ जुन केवल प्राविधिक कम्पनीहरूले गर्न सक्छन्,” उनले भनेकी थिइन्।

मेटाले खारेजको माग गर्दै स्टोनलेकका दावी समयसीमाभन्दा बाहिर रहेको र कानुनी रूपमा वैध नभएको तर्क प्रस्तुत गरेको थियो। तर, न्यायाधीशले त्यसलाई आंशिक रूपमा मात्र स्वीकार गरेकी छन्।

Sajilo Visa

प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार