दक्षिण कोरियाले देशभरका विद्यालयका कक्षा कोठाहरूमा फोनमाथि प्रतिबन्ध लगायो

Technology Khabar १३ भाद्र २०८२, शुक्रबार

काठमाडौं ।

दक्षिण कोरियाले विद्यालय समयमा मोबाइल फोन र स्मार्ट डिभाइसहरूको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यस कदमसँगै बालबालिका र किशोरकिशोरीहरूको फोन प्रयोगमा प्रतिबन्ध लगाउने पछिल्लो देश बनेको छ।

अर्को शैक्षिक वर्ष २०२६ बाट मार्चमा लागू हुने यो कानून स्मार्टफोनको लतलाई नियन्त्रण गर्ने द्विपक्षीय प्रयासको परिणाम भएको बिताइएको छ र थप अनुसन्धानले यसको हानिकारक प्रभावहरू देखाएको उल्लेख गरिएको छ।

स्मार्टफोनको प्रयोगले विद्यार्थीहरूको शैक्षिक प्रदर्शनलाई असर गरिरहेको र उनीहरूले अध्ययन गर्न बिताएको समय खेर फालिरहेको भन्ने सांसदहरू, अभिभावकहरू र शिक्षकहरूको तर्क रहेको छ।

विद्यार्थीहरू सहित प्रतिबन्धको आफ्नै शंका रहेको उल्लेख गरिएको छ र यसले कसरी काम गर्छ, यसको व्यापक प्रभावहरू र यसले लतको मूल कारणलाई सम्बोधन गरिरहेको छ कि छैन भनेर प्रश्न खडा भएको रिपोर्ट गरिएको छ।

त्यसैगरी उपस्थित १६३ सदस्यहरूमध्ये ११५ मतले पक्षमा मतदान गर्दै बुधबार दिउँसो विधेयकलाई विश्वस्त रूपमा पारित गरिएको थियो।

अधिकांश दक्षिण कोरियाली विद्यालयहरूले पहिले नै स्मार्टफोन प्रतिबन्धको कुनै न कुनै रूप लागू गरिसकेका छन्। स्मार्टफोनमा प्रतिबन्ध लगाउने दक्षिण कोरिया भने पहिलो नभएको उल्लेख गरिएको छ।

साना बच्चाहरूको लागि स्कूलहरूमा मात्र प्रतिबन्ध लागू गर्दै फिनल्याण्ड र फ्रान्स जस्ता केही देशहरूले सानो स्तरमा फोनमाथि प्रतिबन्ध लगाएका छन्। इटाली, नेदरल्याण्ड्स र चीन जस्ता अन्य देशहरूले सबै विद्यालयहरूमा फोनको प्रयोगमा प्रतिबन्ध लगाएका छन्।

तर दक्षिण कोरिया कानूनद्वारा यस्तो प्रतिबन्ध लगाउने थोरै देशहरूमध्ये एक हो।

आजकलका केटाकेटीहरूले “आफ्ना स्मार्टफोनहरू टाढा राख्न सक्दैनन्” सियोलका एक अभिभावक चोई युन–यंग भन्छिन्।

यद्यपि, यस्तो प्रवृत्ति केवल बालबालिकामा मात्र नभएको जनाइएको छ। सन् २०२४ को सरकारी सर्वेक्षण अनुसार, देशको ५ करोड १० लाख बासिन्दाहरू मध्ये लगभग एक चौथाई आफ्नो फोनमा धेरै निर्भर रहेको तथ्य फेला पारेको रिपोर्ट गरिएको छ।

तर १० देखि १९ वर्ष उमेर समूहका लागि यो संख्या (४३ प्रतिशत) दोब्बरभन्दा बढी भएको बताइएको छ। र यो संख्या वर्षिक रुपमा बढिरहेको उल्लेख गरिएको छ।

एक तिहाइभन्दा बढी किशोरकिशोरीहरूले पनि सामाजिक सञ्जालमा बिताउने समय नियन्त्रण गर्नमा समस्या भइरहेको बताएका छन्। र यसले उनीहरूको समयसँगै गर्न सक्ने सबै कुरामा बाधा पुर्याउँछ भनेर अभिभावकहरू डराउने गरेको उल्लेख गरिएको छ।

“जब उनीहरू स्कूल जान्छन्, उनीहरूले अध्ययन गर्नुपर्छ, तर मित्रता पनि निर्माण गर्नुपर्छ र विभिन्न गतिविधिहरूमा भाग लिनुपर्छ। यद्यपि, उनीहरू यी कुराहरूमा ध्यान केन्द्रित गर्न असमर्थ हुन्छन्” चोई भन्छिन्।

“साथीहरूसँग कुराकानी गर्दा पनि उनीहरू छिट्टै आफ्नो फोनतिर फर्कन्छन् र अवश्य पनि यसले सिकाइमा बाधा पुर्याउँछ” उनले थपिन्।

प्राथमिक विद्यालयमा अध्ययन गरिरहेका दुई छोरीहरूका अभिभावक किम सन, सामाजिक सञ्जालमा “बच्चाहरूले एकअर्कालाई अकल्पनीय रूपमा कठोर अपमान गर्ने” जस्ता बुलिङ बारे पनि चिन्तित रहेको उल्लेख गरिएको छ।

अन्य देशहरूले जस्तै आफू पनि काम गर्न प्रोत्साहित भएको भन्दै विधेयक प्रस्तुत गर्ने विपक्षी पिपुल्स पावर पार्टीका सांसद चो जङ–हुनले बताएका छन।

स्मार्टफोनको लतले “विद्यार्थीहरूको मस्तिष्क विकास र भावनात्मक वृद्धिमा अत्यन्तै हानिकारक प्रभाव पार्छ” भन्ने “महत्वपूर्ण वैज्ञानिक र चिकित्सा प्रमाण” रहेको भन्दै उनले थप बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया