वनजंगल आगो नियन्त्रणमा नयाँ प्रविधिः एआई आधारित पूर्वानुमानमा ८६ प्रतिशत सटिकता

  • Technology Khabar | १२ भाद्र २०८२, बिहीबार
वनजंगल आगो नियन्त्रणमा नयाँ प्रविधिः एआई आधारित पूर्वानुमानमा ८६ प्रतिशत सटिकता
फाइल तस्बिर सौजन्य: ;सिन्ह्वा

काठमाडौं ।

इजरायलका अनुसन्धानकर्ताहरूले वनजंगलमा लाग्ने आगोको जोखिम पहिचान गर्न देश र क्षेत्र अनुसार अनुकूलन गर्न सकिने कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित नयाँ विधि विकास गरेका तेल अभिभ विश्वविद्यालयले मंगलबार जनाएको छ।

जलवायु परिवर्तनका कारण विश्वभर वनजंगलमा आगोको सङ्ख्या र तीव्रता बढिरहेको छ, जसले वातावरणमा हानिकारक ग्यासहरू उत्सर्जन गर्दै स्थानीय समुदाय र पारिस्थितिकी प्रणालीलाई गम्भीर असर पुर्याइरहेको छ ।

अहिलेसम्म वनजंगल आगोको जोखिम मापन गर्ने सूचकाङ्कहरू मुख्य रूपमा अष्ट्रेलिया, क्यानडा र अमेरिका जस्ता देशमा विकास भएका थिए। ती देशहरूमा तिनीहरूको प्रभावकारिता राम्रो भए पनि अन्य क्षेत्रहरूमा सटिकता कम हुने समस्या थियो।

नयाँ विधिले प्रत्येक देशको जलवायु, वनस्पति, जमिनको प्रयोग र आगो लाग्ने कारणअनुसार सूचकाङ्कलाई परिमार्जन गरी पूर्वानुमानको सटिकता ७० प्रतिशतबाट ८६ प्रतिशतसम्म पुर्याएको छ।

अध्ययनका क्रममा क्यानाडाली सूचकाङ्क सबैभन्दा भरपर्दो प्रमाणित भयो । अनुसन्धानकर्ताहरूले जेनेटिक एल्गोरिदम प्रयोग गरी यसलाई प्रत्येक देशको लागि अनुकूलन गरेका थिए। त्यसपछि देशअनुसारको कृत्रिम बुद्धिमत्ता मोडेल बनाएर सजिलै प्रयोग गर्न मिल्ने निर्णय वृक्षमा रूपान्तरण गरे।

यस नयाँ प्रणालीले आपत्कालीन सेवाहरूलाई छिटो र सही पूर्वसूचना दिन, स्रोतको प्रभावकारी प्रयोग गर्न र क्षति न्यूनिकरणमा सहयोग पुर्याउनेछ। यो विधि भविष्यमा विश्वभर वनजंगल रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।-रासस/सिन्ह्वा

प्रकाशित: १२ भाद्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार