टेलिकमको सेवा गल्याङको तुलसीभन्ज्याङमा, ५ एमबिपिएसको एडिएसएल साथमा

  • Technology Khabar | २५ माघ २०७५, शुक्रबार
टेलिकमको सेवा गल्याङको तुलसीभन्ज्याङमा, ५ एमबिपिएसको एडिएसएल साथमा

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ ।

सोही अवसरमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताए ।

सोही अवसरमा उहाँले टेलिकम कार्यालय गल्याङले वर्तमान अवस्थामा गरिरहेको सेवा विस्तारको कार्यप्रति उच्च प्रशंसा गर्दै कार्यालय प्रमुख राम राज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गरे ।

कार्यक्रममा टेलिकम कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले टेलिकमको उद्देश्य भनेकै सस्तो दरमा भरपर्दो सेवा उपलब्ध गराउने रहेको बताउँदै सेवा उपभोग गर्न इच्छुक जोकोहीलाई रित्तो हात फर्काउन नहुने धारणा राखे ।

टेलिकम कार्यालय गल्याङबाट करिब ३ किलोमिटरको दुरीमा रहेको तुलसीभन्ज्याङमा नयाँ नेटवर्क गरी पिएसटिन सेवाका साथै फाइभ एमबिपिएस स्पिड क्षमता भएको एडिएसएल सेवा समेत सुचारु गरेको हो ।

प्रकाशित: २५ माघ २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार