Technology Khabar ४ भाद्र २०८२, बुधबार
काठमाडौं ।
मोबाइल चार्ज गर्ने क्रममा बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।
सोमबार साँझ मोबाइल चार्ज गर्ने क्रममा नजिकैको नाङ्गो तार छोइएपछि करेन्ट लागेर बोहरागाउँकी १९ वर्षीया कृष्णकुमारी चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।
निजको करेन्ट लागेपछि घटनास्थलमै चन्दको मृत्यु भएको बताईएको छ।
मुसाले काटेको तारका कारण करेन्ट लागेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ भाद्र २०८२, बुधबार