अब नेपालमै आर्टिफिसियल इन्टेलिजेन्स र मेशिन लर्निङको ६ महिने तालिम पाइने

Technology Khabar २९ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

अब नेपालमै लुम्बिनी विश्वविद्यालयद्वारा मान्यताप्राप्त आर्टिफिसियल इन्टेलिजेन्स र मेशिन लर्निङ विषयमा माइक्रो डिग्री पाईने ६ महिने तालिम लिन पाइने भएको छ।

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबिर पुनले आज आफ्नो एक्स एकाउन्टमा एउटा पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन्। पोस्टमा कार्यक्रमको ओरियन्टेशनमा सहभागी हुनका लागि लिङ्कडइनमा रहेको फर्मको हाइपरलिङ्क पनि राखिएको छ।

यो तालिम कार्यक्रम #CodeforChange Pokhara, राष्ट्रिय आविष्कार केन्द्र र #AICommunityNepal को सहकार्यमा सुरु हुन लागेको हो। यस कार्यक्रममा सहभागी हुनेहरुले विश्वविद्यालयद्वारा माइक्रो डिग्री प्रमाणपत्र, इन्टर्नशिपको अवसर, लगायत थुप्रै अवसर हरु पाउने बताइएको छ।

प्रकाशित: २९ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया