रुसले ह्वाट्सएप र टेलिग्राम मार्फत हुने कलहरू ब्लक गर्यो

  • Technology Khabar | ३० श्रावण २०८२, शुक्रबार
रुसले ह्वाट्सएप र टेलिग्राम मार्फत हुने कलहरू ब्लक गर्यो

काठमाडौं ।

रुसमा म्यासेजिङ ङप्लिकेसनहरू टेलिग्राम र व्हाट्सएप मार्फत कलहरूलाई “आंशिक रूपमा” प्रतिबन्धित गरिएको रुसी अधिकारीहरूले घोषणा गरेका छन्। यो इन्टरनेटमा नियन्त्रण कडा पार्ने प्रयासको पछिल्लो कदम भएको बताइएको छ।

एक विज्ञप्तिमा, सरकारी मिडिया र इन्टरनेट नियामक रोस्कोमनाडजोरले अपराधसँग लड्न आवश्यक उपायलाई औचित्य दिँदै “कानून प्रवर्तन एजेन्सीहरू र नागरिकहरूबाट आएका धेरै कलहरू अनुसार, टेलिग्राम र व्हाट्सएप पैसा ठगी र जबरजस्ती गर्न, साथै रूसी नागरिकहरूलाई तोडफोड र आतंकवादी गतिविधिहरूमा संलग्न गर्न प्रयोग गरिने मुख्य भ्वाइस सेवाहरू बनेका छन्” भनि उल्लेख गरेको छ।

“प्रतिकारात्मक उपायहरू अपनाउन बारम्बार गरिएका अनुरोधहरूलाई बेवास्ता गरिएको” नियामकले दाबी गरेको युरोन्यूजले रिपोर्ट गरको छ।

व्हाट्सएपका प्रवक्ताले एक विज्ञप्तिमा एन्क्रिप्टेड मेसेजिङ एपले “मानिसहरूको सुरक्षित सञ्चारको अधिकार उल्लङ्घन गर्ने सरकारी प्रयासहरूलाई चुनौती दिएको र रूसले यसलाई ब्लक गर्न खोजिरहेको” बताएका छन्।

रूसी अधिकारीहरू लामो समयदेखि इन्टरनेटलाई नियन्त्रण गर्न जानाजानी र बहुआयामिक प्रयासमा संलग्न भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

विगतका वर्षहरुमा, तिनीहरूले प्रतिबन्धात्मक कानूनहरू पारित गरेका छन् र नियमहरूको पालना नगर्ने वेबसाइटहरू र प्लेटफर्महरूलाई प्रतिबन्ध लगाएका छन्। त्यसैगरी अनलाइन ट्राफिकको निगरानी र हेरफेर गर्न प्रविधिलाई प्रायोग गरिएको छ।

भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सेवाहरू प्रयोग गरेर प्रतिबन्धहरू बाइपास गर्न सम्भव भए पनि तिनीहरू नियमित रूपमा ब्लक पनि गरिने गरिएको थप उल्लेख गरिएको छ।

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...