Technology Khabar ३१ श्रावण २०८२, शनिबार
काठमाडौं ।
पोकोले आधिकारिक रूपमा एम७ प्लस मोडेल प्रस्तुत गरेपछि ब्रान्डले अब पोको एम७ फोरजी मोडेल पनि सार्वजनिक गरेको छ।
क्वालकमको स्न्यापड्रागन ६८५ फोरजी चिपमा चल्ने पोको एम७ फोरजी दुई मेमोरी कन्फिगरेसनमा आउने बताइएको छ। ६ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरीको साथ, वा ८ जीबी र्याम र २५६ जीबी मेमोरीको साथ उपलब्ध हुने यो डिभाइसको स्टोरेज माइक्रोएसडी कार्डहरू मार्फत २ टीबी सम्म विस्तार गर्न सकिने छ।
पोको एम७ फोरजीमा १०८०×२३४० पिक्सेल रिजोल्युसन, १४४ हर्जको प्रभावशाली रिफ्रेस रेट र ८५० निट्सको अधिकतम ब्राइटनेस (चमक) को साथ ठूलो ६.९–इन्च एलसीडी स्क्रिन समावेश गरिएको छ।
यस मोडेलको सबैभन्दा बलियो पक्ष भनेको यसका रहेको ७,००० एमएएच क्षमता भएको ब्याट्री हो, जसले ३३ वाट वायर्ड चार्जिङलाई समर्थन गर्दछ। यद्यपि, प्याकेजमा चार्जर भने समावेश नगरिएको टेलीग्राफले रिपोर्ट गरको छ।
साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर रहेको डिभाइसमा डस्ट र स्प्ल्यास रेसिस्टेन्टको लागि आईपी६४ प्रमाणित गरिएको छ। फोनले शाओमीको हाइपरओएस २ अपरेटिङ सिस्टम चलाउने उल्लेख गरिएको छ। यस डिभाइसको आयामहरू १७१.०८ ह ८२.०५ ह ८.५५ मिमी र २२४ ग्राम तौल रहेको छ।
पोको एम७ फोरजीको पछाडि १०८०पी रिजोल्युसनमा भिडियो खिच्ने ५० मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको छ। डिभाइसमा सेल्फीहरूको लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा उपलब्ध गराइएको छ जसले १०८०पी मा भिडियो रेकर्ड गर्नेछ। पोको एम७ फोरजीको मूल्यको बारेमा भने अझै घोषणा गरिएको छैन।
प्रकाशित: ३१ श्रावण २०८२, शनिबार