संघीय संसद्को वेबसाइट डाउन

Technology Khabar २९ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

अपडेटः डाउन भएको संघीय संसद्को वेबसाइट पुनः सञ्चालन भएको छ।

संघीय संसद्को वेबसाइट डाउन भएको छ।

वेबसाइट खोल्न खोज्दा अंग्रेजी भाषामा ‘Whoops, looks like something went wrong’ भन्ने लेखिएको देखाउँछ।

संसद् सचिवालयकाअनुसार सर्भरमा समस्या देखिएकोले उक्त समस्या समाधानको काम भइरहेको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले टेक्नोलोजीखबरसँग भने, “त्यहाँ केही समस्या देखिएको छ, समाधानको प्रयास भईरहेको छ।”

प्रकाशित: २९ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया