चीनले एआई स्वतन्त्रताको लागि जोड दिँदै गर्दा डीपसिक–आर२ अगस्टको अन्त्यतिर लन्च हुने सम्भावना

Technology Khabar ३० श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

डीपसिकले आफ्नो अर्को पुस्ताको लार्ज ल्याङ्गवेज मोडेल ‘डीपसिक–आर२’ अगस्ट १५ देखि ३०, २०२५ को बीचमा लन्च गर्ने तयारी गरिरहेको छ। डीपसिकको आफ्नै एआई मोडेलसँगको अन्तक्र्रियाको क्रममा लन्च विन्डो प्रकाशमा आएको हो। साथै यसले च्याटजीपीटी–५ रिलीज भएको केही दिन पछि अब यसको रोलआउटको संकेत गरेको छ।

डीपसिक–आर२ ले थप उन्नत मिक्सचर अफ एक्सपर्टस्(एमओई) सेटअप अपनाएर आर्किटेक्चरमा महत्त्वपूर्ण छलाङ्ग लगाउने अपेक्षा गरिएको छ। यसले इन्फेरेन्स–हेभि वर्कलोड (कार्यभार) हरूलाई राम्रोसँग ह्यान्डल गर्न स्मार्ट गेटिङ नेटवर्कलाई पनि एकीकृत गर्नेछ। यसको विकाससँग परिचित स्रोतहरूका अनुसार, मोडेलले १.२ ट्रिलियन प्यारामिटरहरू सम्म मापन गर्न सक्ने बताइएको छ जुन डीपसिक–आर१ को लगभग दोब्बर भएको र जसमा ६७१ बिलियन प्यारामिटरहरू रहेको छन्। यो अझै पनि च्याटजीपीटी–४÷५ भन्दा कम हुनेछ जसमा १.८ ट्रिलियन भन्दा बढी प्यारामिटरहरू रहेका छन्।

चीनले घरेलु एआई आत्मनिर्भरताको खोजी गरिरहेको छ
घरेलु एआई आत्मनिर्भरतातर्फको रणनीतिक कदममा, मोडेललाई पूर्ण रूपमा ह्वावेको एसेन्ड ९१०बी चिप्समा प्रशिक्षित गरिएको छ। ८२ प्रतिशत युटिलाइजेसन (उपयोग) मा ५१२ पीएफएलओपीएस को एफपी१६ पर्फमेन्स प्रदान गर्ने ह्वावेको कम्प्युट क्लस्टरले एनभिडियाको ए१०० क्लस्टरको पर्फमेन्सको ९१ प्रतिशत प्राप्त गरेको रिपोर्ट गरिएको छ। विश्लेषकहरूले यसलाई अमेरिकामा निर्मित एआई हार्डवेयरमा चीनको निर्भरता कम गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा हेरेका छन्।

स्थानीय हार्डवेयर र अप्टिमाइजेसन प्रविधिहरूको कारणले गर्दा, डीपसिक–आर२ को प्रशिक्षण जीपीटी–४ भन्दा ९७ प्रतिशत कम लागतमा आएको रिपोर्ट गरिएको छ। विश्लेषकहरूले डीपसिकले कम मूल्यमा एपीआई एक्सेस प्रदान गर्ने अपेक्षा गरेका छन् जसले ओपनएआई र एन्थ्रोपिकद्वारा प्रभुत्व जमाएको वर्तमान मूल्य निर्धारण मोडेलहरूलाई हल्लाउन सक्ने उल्लेख गरिएको छ।

डीपसिक–आर२ को बारेमा हुने अपेक्षाले चिनियाँ टेक स्टकहरूमा पहिले नै हलचल सुरु भइसकेको बताइएको छ। एआई चिपमेकर क्याम्ब्रिकनले आफ्नो शेयर मूल्यमा २० प्रतिशतले वृद्धि देखेको र जसले गर्दा यसको बजार पूँजीकरण ३५५ अर्ब युआन (लगभग ४४९.७ अर्ब) नाघेको उल्लेख गरिएको छ।

त्यसैगरी, ह्वावेले युनिफाइड क्यास म्यानेजर (यूसीएम) नामक नयाँ एआई इन्फरेन्स फ्रेमवर्क ल्याएको छ। मोडेल इन्फेरेन्सलाई तीव्र बनाउन डिजाइन गरिएको यूसीएमले एचबीएम, डीआरएएम र एसएसडीहरू जस्ता मेमोरी टियर्सहरूमा केभी क्यास डाटा कसरी ह्यान्डल गरिन्छ भनेर अप्टिमाइज गर्नेछ। चाइना युनियनपे सँगको परीक्षणमा, ह्वावेले ल्याटेन्सि (विलम्बता) मा ९० प्रतिशत सम्मको कमी र थ्रुपुटमा २२ह बुस्ट (वृद्धि) भएको रिपोर्ट गरेको छ। कम्पनीले सेप्टेम्बरमा यूसीएमलाई ओपन–सोर्स गर्ने योजना बनाएको छ।

डीपसिक–आर२ को लन्च र ह्वावेको यूसीएम फ्रेमवर्कको परिचयले चीनको एआई महत्वाकांक्षामा ठूलो परिवर्तनको संकेत गर्दछ। यी विकासहरूले भविष्यलाई औंल्याउएको बताइएको छ जहाँ चीनले पश्चिमी चिप्स वा सफ्टवेयर टुल्स (उपकरणहरू) मा भर नपरिकन उच्च–प्रदर्शन एआई प्रणालीहरू निर्माण र सञ्चालन गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३० श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया