इन्ट्री–लेभल म्याकबुकको उत्पादन छिट्टै शुरु हुने: रिपोर्ट

Technology Khabar २९ श्रावण २०८२, बिहीबार

इन्ट्री–लेभल म्याकबुकको उत्पादन छिट्टै शुरु हुने: रिपोर्ट

काठमाडौं ।

एप्पलले इण्ट्री–लेभल म्याकबुक ल्याउने हल्ला चलिरहेको छ। उक्त इण्ट्री–लेभल म्याकबुकको मूल्य लगभग ६९९ अमेरिकी डलर हुने बताइएको छ। यद्यपि यो डिभाइस एयर वा प्रो लाइनअपको भाग नहुने र पहिले आईफोन १६ प्रो रिजमा प्रयोग गरिएको एप्पल ए१८ प्रो चिपद्वारा संचालित हुने रिपोर्ट गरिएको छ।

नयाँ किफायती म्याकबुकका लागि कम्पोनेन्टहरू अर्को महिना उत्पादन सुरु गर्न अनुमति दिइएको डिजिटाइम्सको नयाँ रिपोर्टले उल्लेख गरेको छ। साथै रिपोर्टले वर्षको अन्त्य अघि नै ल्यापटपको बृहत उत्पादन सुरु हुने र सन् २०२६ को सुरुमा रिलीज हुने सम्भावनाको संकेत गरेको उल्लेख गरिएको छ।

एप्पलले आफ्नो नयाँ इण्ट्री–लेभल म्याकबुकको साथ ल्यापटप बजारको ठूलो हिस्सा कब्जा गर्ने लक्ष्य राखेको रिपोर्ट थप उल्लेख गरेको छ।

यो डिभाइस ६९९ अमेरिकी डलरको एमएसआरपी (विद्यार्थीहरूको लागि ५९९ अमेरिकी डलर) सँग लन्च हुने अपेक्षा गरिएको छ र आईफोन सिरिजमा पहिले प्रयोग गरिएको मोबाइल चिपसेट प्रयोग गर्ने पहिलो एप्पल ल्यापटप हुनेछ। एप्पलले थप चम्किलो रङ विकल्पहरू प्रदान गरेर आफ्नो नयाँ ल्यापटपलाई फरक पार्ने हल्ला चलेको छ।

आगामी किफायती म्याकबुकले एम१–सिरिज म्याकबुकहरू भन्दा उल्लेखनीय सिङ्गल–कोर बेन्चमार्क लाभ प्रदान गर्ने र समान मल्टि–कोर पर्फमेन्स प्रदान गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ श्रावण २०८२, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार