
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत ३ जना कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
कम्पनीको ऐन नियम विपरीत दैनिक भ्रमण भत्ताको दाबी गर्ने ३ जना कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेहरुमा तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंह रहेका छन् । उनीहरुले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेश गरि रकम भुक्तानी लिएको आरोप अख्तियारले लगाएको छ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ बमोजिम कारबाहिको माग गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित: २१ माघ २०७५, सोमबार