खाली समय बिताउन इन्टरनेट प्रयोग गर्दै जर्मन नागरिकहरू

Technology Khabar २५ श्रावण २०८२, आईतवार

काठमाडौं ।

व्यावहारिक रूपमा सबै जर्मन नागरिकहरूले इन्टरनेट प्रयोग गरेर आफ्नो खाली समय बिताउने फाउन्डेसन फर फ्युचर अफेयर्सको “इन्टरटेनमेन्ट मनिटर” रिपोर्टको नयाँ संस्करणले खुलासा गरेको छ।

यस वार्षिक अध्ययनको लागि ३,००० भन्दा बढी उत्तरदाताहरूमा गरिएको अनलाइन सर्वेक्षणमा ९८ प्रतिशत उत्तरदाताहरूले हप्तामा कम्तिमा एक पटक इन्टरनेट प्रयोग गर्ने बताएका छन्।

पन्ध्र वर्ष पहिले, इन्टरनेट प्रयोग गर्नेको यो संख्या केवल ५१ प्रतिशत थियो। इन्टरनेट पछि टेलिभिजनतर्फ ८३ प्रतिशत र संगीततर्फ ७९ प्रतिशतले ट्याब्लेट, ल्यापटप, कम्प्युटर वा फोनमार्फत खेल खेलेर वा कुराकानी गरेर आफ्नो खाली समयमा मनोरञ्जन गर्ने गरेको रिपोर्ट गरिएको छ।

साथै उक्त सर्वेक्षणमा उत्तरदाताहरूले एक भन्दा बढी उत्तर छनौट गर्ने अवसर प्राप्त गरेको रिपोर्टले उल्लेख गरेको छ।

छैटौं स्थानमा, ७३ प्रतिशतको साथ, खाली समयमा “थिङ्किङ/रिफ्लेक्टिङ” (सोच्ने/चिन्तन गर्ने) कार्य गर्न रुचाउने उल्लेख गरिएको छ। चार मध्ये तीन जना उत्तरदाताहरू, हप्तामा कम्तिमा एक पटक, आफ्नो खाली समयमा विचारहरूमा समर्पित हुने गरेका पाइएको बताइएको छ।

त्यसैगरी “महत्वपूर्ण मुद्दाहरूको बारेमा कुराकानी” गर्ने कार्यमा ६८ प्रतिशत र आफ्नो खाली समयमा ६४ प्रतिशतले “साथीसँग साझा समय” बिताउने गरेको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २५ श्रावण २०८२, आईतवार

तपाइको प्रतिक्रिया