ओपनएआईको रिजनिङ मोडल पहिलोपटक अमेजन वेब सर्भिसेजमा उपलब्ध

Technology Khabar २२ श्रावण २०८२, बिहीबार

काठमाडौं ।

साम अल्टम्यानको ओपनएआईले अमेजन वेब सर्भिसेज (एडब्लूएस) सँग नयाँ साझेदारी गरेको छ। ओपनएआईले आफ्नो ओ-सिरिज जस्तै क्षमतायुक्त दुईवटा ओपन-वेट रिजनिङ मोडल घोषणा गरेसँगै अमेजनले मंगलबारदेखि ती मोडलहरू एडब्लूएसमा उपलब्ध हुने जनाएको छ।

ओपनएआईका मोडलहरू एडब्लूएस मार्फत उपलब्ध भएको यो पहिलो पटक भएको टेकक्रन्चसँग पुष्टि गर्दै कम्पनीले बताएको छ। यी मोडलहरू अमेजनका एआई सेवा बेडरक र सेजमेकर एआईमा मोडल विकल्पको रूपमा उपलब्ध हुनेछन्।

जोसुकैले हगिङ फेसमार्फत मोडलहरू डाउनलोड गर्न सक्ने भए पनि अमेजनले ओपनएआईको पूर्ण जानकारी र स्वीकृति सहित यी मोडलहरू प्रदान गरिरहेको छ जसलाई मोडल निर्माता कम्पनीका उत्पादन प्रमुख डमिट्री पिमेनोभले पुष्टि गरेका छन्।

एक प्रवक्ताले यो प्रस्ताव यस वर्षको सुरुआतमा अमेजनले ओपन मोडल डीपसिक-आर१ उपलब्ध गराएजस्तै भएको बताएका छन्।

यो दुवै कम्पनीका लागि कडा प्रतिस्पर्धात्मक कदम हो। एडब्लूएसका लागि यो कदमले अन्ततः क्लाउड क्षेत्रको विशाल कम्पनीलाई सबैभन्दा ठूलो मोडल निर्माता ओपनएआईसँग जोड्ने मौका दिएको छ।

अहिलेसम्म एडब्लूएसलाई एन्थ्रोपिकको क्लाउड जस्ता ओपनएआईका प्रतिस्पर्धी मोडलहरूको प्रमुख होस्ट र आर्थिक लगानीकर्ता रूपमा चिनिन्थ्यो। एडब्लूएसले क्लाउड लगायत कोहियर, डीपसिक, मेटा, मिस्ट्रल तथा आफ्नै मोडलहरू पनि आफ्नो एआई सेवामा प्रदान गर्दै आएको छ।

विशेषगरी बेडरकले एडब्लूएस ग्राहकहरूलाई आफ्नो रोजाइका मोडल प्रयोग गरी जेनेरेटिभ एआई एपहरू निर्माण गर्न र होस्ट गर्न सुविधा दिन्छ। अर्कोतर्फ सेजमेकरले ग्राहकहरूलाई विश्लेषणका लागि आफ्नो मोडलहरू निर्माण वा प्रशिक्षण गर्न सहयोग पुर्‍याउँछ।

एडब्लूएसको प्रमुख प्रतिस्पर्धी माइक्रोसफ्टसँग ओपनएआई मोडलहरूको पूर्ण एकाधिकार जनवरीदेखि छैन भने पनि अज्युर अहिलेसम्म ओपनएआईको सबैभन्दा महत्वपूर्ण क्लाउड साझेदार हो।

ओपनएआईले माइक्रोसफ्टले विण्डोज डिभाइसका लागि अनुकूलित ती दुई नयाँ मोडलहरू पनि उपलब्ध गराउने पनि घोषणा गरेको छ।

प्रकाशित: २२ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया