Technology Khabar २१ श्रावण २०८२, बुधबार
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८२/२०८३ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातक तह ब्याचलर अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी एजुकेशन बीआईसीटीई कार्यक्रम प्रथम सेमेस्टरमा नयाँ भर्ना खुलाएको छ।
विश्वविद्यालयले आज एक सूचनाप्रकाशित गरी सम्बन्धित विद्यार्थी, अभिभावक तथा क्याम्पसहरुलाई यसबारे विस्तृत जानकारी दिएको हो।
‘भर्नाका लागि देहाय बमोजिमको प्रवेश परीक्षा तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम निर्धारण गरिएको हुँदा आफूले पढ्न चाहेको क्याम्पस/कलेजमा सम्पर्क गरी प्रवेश परीक्षा आवेदन फाराम अनलाइन मार्फत भर्न/भराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’, सूचनामा उल्लेख छ।
जुनसुकै विषय लिई कक्षा १२ को परीक्षामा २.०१ जीपीए वा सोभन्दा बढी ग्रेड ल्याएका विद्यार्थीले प्रवेश परीक्षा आवेदन फाराम भर्न पाउने सूचनामा जनाइएको छ।
भर्नका कार्यक्रम यस्तो छ:
प्रकाशित: २१ श्रावण २०८२, बुधबार