हुम्लाको चङ्खेलीमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

  • Technology Khabar | २१ श्रावण २०८२, बुधबार
हुम्लाको चङ्खेलीमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं ।

हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको चड्खेली गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ। जनताको घरआँगनमै पुगेर राष्ट्रिय परिचयपत्र सङ्कलन गरी वितरण गर्न थालेको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले दुर्गम गाउँबस्तीमा पुगेर राष्ट्रिय परिचयपत्र सङ्कलन सुरु गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए।

मङ्गलबारबाट चड्खेली गाउँपालिका-१ को रिमी भोराबाडाबाट राष्ट्रिय परिचयपत्र सङ्कलन तथा वितरण सुरु गरेको हो।

परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय सिमकोटसम्म जाँदा नागरिकको मोटो रकम खर्च हुनुका साथै समयसमेत धेरै लाग्ने भएकाले शिविर सञ्चालन गरिएको उनले जानकारी दिए।

पछिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भइरहेको समयमा चङ्खेली गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय हुम्लालाई आग्रह गरेपछि राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको चखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २१ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...